भारत । चर्चित बलिउड कलाकार सलमान खानले कोरोना भाइरसको कारण लकडाउनमा परेकालाई सहयोग गर्ने भएका छन् ।

बलिउडका अर्का कलाकार अक्षय कुमारले २५ करोड भारु सहयोग गर्ने घोषणा गरेपछि बलिउड कलाकारहरूमा सहयोग गर्ने लहर शुरु भएको हो ।

सलमानले बलिउडसँग सम्बन्धित २५ हजार मजदुरहरूलाई यो संकटका बेला सहयोग गर्ने घोषणा गरेका हुन् । खानको समाजसेवा गर्ने सस्था विइङ ह्यूमेन विश्वका कतिपय देशहरूमा यसअघि देखि नै सक्रिय छ ।

मानव सेवामा समर्पित यो सस्थामार्फत नै उनले लकडाउनको मारमा परेका मजदुरहरूलाई सहयोग गर्न लागेका हुन् ।

बलिउडकै एक नायिका चाँही अहिले सेवामा केन्द्रित हुने भन्दै मुम्बईको एक अस्पतालमा नर्सका रूपमा काम गरिरहेको भारतिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

त्यस्तै, वरुण धावन, रणदिप हुड्डाले पनि सहयोग गर्ने घोषणा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.