फाइल फोटो

काठमाडौं, १४ वैशाख । लकडाउनको विषयमा निर्णय गर्न आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

तेश्रो पटक वैशाख १५ गतेसम्म थपिएको लकडाउनको अवधि पूरा हुन लागेको यसबारे निर्णय गर्न बैठक बस्न लागेको हो । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको उच्चस्तरीय कार्यदलले थप एक साता लकडाउन बढाउन सिफारिस गरेको छ ।

बैठकले कार्यदलले सिफारिस गरेको आधारमा लकडाउन बढाउने तयारी गरेको बुझिएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै सरकारले चैत्र ११ गतेदेखि तीन पटकसम्म थपेको लकडाउन सोमबार सकिँदैछ ।

दिउँसो २ मन्त्रिपरिषद् बैठक आह्वान गरिएको एक मन्त्रीले जानकारी दिए । यसअघि शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले हवाई उडानलाई थप १५ दिन प्रतिबन्ध लगाउँदै जेठ २ गतेसम्मका लागि पु¥याइसकेको छ ।

सरकारलाई विज्ञहरू तथा संसदीय समितिले कोरोना भाइरसको प्रभाव क्षेत्र वर्गीकरण गरेर लकडाउन खुकुलो बनाउन सुझाव तथा निर्देशन दिए पनि अहिल्यै त्यस्तो गरे अवस्था नियन्त्रणबाहिर जान सक्ने भन्दै उच्चस्तरीय समिति र कार्यदलमा तत्कालै लकडाउन खुकुलो पार्न नहुने आवाज उठेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.