फाइल फोटो

सप्तरी । कोरोना भाइरसको संक्रमबाट जोखिन जनताकै सुरक्षाका लागि जारी गरिएको लकडाउनको बेवास्ता हुन लागेपछि कडाइ गरिन थालिएको छ ।

विशेष गरी प्रदेश २ का जिल्लाहरू लकडाउनलाई बेवास्ता गरिन थालिएको छ । बजारमा मानिस र सवारी साधन निस्किन थालेपछि सप्तरीका विभिन्न चार स्थानमा सेना नै परिचालन गरिएको छ ।

लकडाउनलाई सहयोग गर्न सेनाले गस्ती गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सप्तरीका राजविराज, हनुमाननगर, रूपनी र कल्याणपुरमा सेना परिचालन गरी गस्ती गरिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति अभाव भएका कारण पनि सेना परिचालन गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सप्तरी प्रशासनले एक सय नेपाल प्रहरी र तीन सय ३२ सशस्त्र प्रहरी पठाइदिन गृहसँग मागसमेत गरेको छ ।

गृहले थप सुरक्षाकर्मी नपठाउन्जेल सेनाले नै गस्ती पनि कार्यालयले जनाएको छ । सरकारले मंगलबार बिहान ६ बजेदेखि एक साताका लागि लकडाउन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.