रौतहटमा गोली लागि एक जना घाईते

हुलाकी न्युज, रौतहट । रौतहटमा बुधबार साँझ मोटरसाइकलमा सबार अपरिचित समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् ।
रौतहटको राजपुर नगरपालिका वडा नं. ३ बलुवाटोलमा शेख शालिममाथि गोली प्रहार भएको हो ।

स्थानीय मासु ब्यापारी उनीमाथि फतुवा प्रा.वि नजिकै गोली प्रहार भएको छ ।

घाईते शेखको दाहिने कोखमा गोली लागेपछि उनलाई जिल्ला अस्पतालमा पुर्याइयो त्यहा सम्भव हुन नसकेपछि थप उपचारका लागि भारतको मोतिहारी पठाइएको प्रहरीले जनाएको छ । गोली हान्नेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.