काठमाडौं, १९ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोल्पा घटनाबारे अनुसन्धान गर्न सरकारसमक्ष माग गरेको छ ।

बिहीबार साँझ रोल्पाको त्रिवेणी गाउँपालिकामा बाख्रा चराउन गएका चार बालबालिकाको बेवारिसे बम विष्फोटबाट मृत्यु भएको थियो । बिस्फोटमा परेर ११ वर्षीया विमला खत्री, ५ वर्षीय विजय खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखीराम डाँगीको मृत्यु भएको थियो ।

सोही घटनाको गहिरो अनुसन्धान, कारबाही र बेवारिसे बमको खोजी गम्भीर रूपले गर्न कांग्रेसले शुक्रबार विज्ञप्ति जारी गरी माग गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.