हुलाकी न्यूज, डेस्क । रोल्पा क्वारेन्टाइनमा आत्महत्या गरेका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधवार क्वारेन्टाइनमै झुन्डिएर आत्महत्या गरेका गंगादेव गाउँपालिका–५ का ३१ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा स्वाब परीक्षण गरिएको थियो ।

स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख अनिल केसीका अनुसार उनको रिपोर्ट पोजेटिभ आएको छ ।

विद्यालयहरुका स्थापना गरिएको क्वारेन्टाइन भरिएकाले उनलाई गाउँको एउटा घरमा एक्लै राखिएको थियो ।

मृतक पुरुषमा कोरोना देखिएपछि उनको कन्ट्याक्ट ट्रेसिङका लागि टोली पठाएर सबैको स्वाब परीक्षण गरिने स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.