रेशम चौधरीको रिहाईका लागि थारु पत्रकारहरुले दबाब दिने


हुलाकी न्यूज, काठमाडौं :
कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद रेशम चौधरीको रिहाइका लागि थारु पत्रकारहरुले दबाब दिने भएका छन्।

थारु पत्रकार संघको सातौं साधारणसभा तथा राष्ट्रिय भेलाबाट जारी भएको ‘घोराही घोषणापत्र’मा चौधरीको रिहाईका लागि सम्बन्धित पक्षलाई दिबाब दिने उल्लेख गरिएको छ।

असोज २७ र २८ गते दाङको घोराहीमा भएको सातौं साधारणसभालाई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका थिए।

उक्त कार्यक्रमबाट जारी गरिएको घोषणा पत्रमा ‘नेपालको संविधान (२०७२) ले थारु समुदायलाई छुट्टै पहिचान दिइसकेकाले नेपाल पत्रकार महासंघलगायत विभिन्न दलका प्रेस संगठनहरुमा थारु पत्रकारहरुको लागि समावेशी कोटाका लागि पहल गर्ने’ उल्लेख गरिएको छ।

दाङको घोराही उपमहानगरपालिका, बर्दियाको बाँसगढी र बारबर्दिया नगरपालिकाले थारु भाषालाई सरकारी कामकाजी भाषा बनाउने निर्णय गरेको भन्दै दिइएको छ। थरुहटका थप अन्य स्थानीय तहमा थारु भाषालाई सरकारी कामकाजी भाषा बनाउन अभियान चलाउने निर्णय पनि संघले गरेको छ।

थारु भाषा तथा संस्कृति संरक्षण तथा विकासमा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्ने, साथै थारुहरुको महान् पर्व माघीलाई संघीय, प्रदेश र स्थानीय सरकारसंग समन्वय गरी राष्ट्रिय उत्सवका रुपमा मनाउन माग पनि घोषणा पत्रमा उल्लेख गरिएको छ।

थारु भाषामा व्यवसायिकरुपमा पत्रपत्रिका तथा मुखपत्र प्रकाशन र विद्युतीय माध्यममा समाचार र कार्यक्रम उत्पादन तथा प्रसारण गर्न प्रोत्साहित गर्न जिल्ला शाखाहरुलाई प्रोत्साहन गर्ने संघले जनाएको छ।

संघको घोषणा पत्रमा प्रदेशहरुकको नामाकरण र राजधानीको नाम राख्दा थारु पहिचान स्थापित हुनेगरी नामाकरण र भूगोल चयन गर्न माग गरिएको छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.