काठमाडौं, १९ वैशाख । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । गायिका अधिकारीको गएराति ८४ वर्षको उमेरमा निधन भएको हो ।

उनले पहिलोपटक २००६ सालमा ६ वटा गीत रेकर्डिङ गराएकी थिइन् । रानुदेवीको जन्म १९३६ नोभेम्बर २७ मा वीरगञ्ज भएको थियो । उनको बाल्यकाल भारतको बनारसमा बितेको थियो । रानुदेवी कांग्रेस नेतृ नोना कोइरालाकी बहिनीसमेत हुन् ।

उनले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.