रुपन्देही । जनमत पार्टीले रुपन्देहीमा वडास्तरीय संगठन विस्तारको क्रमलाई तीब्रता दिएको छ ।

यसैक्रममा आइतबार कोटहीमाई गाउँपालिका वडा नम्बर ४ मा पनि वडा तदर्थ समिति गठन गरिएको छ । यो वडामा सुरेश चाईको नेतृत्वमा ३१ सदस्यीय समिति बनाइएको छ ।

यसअघि, शनिबार लुम्बिनी संस्कृति नगरपालिका वडा नम्बर १, २ र १२, कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ३, गैडहवा गाउँपालिका वडा नम्बर २ मा वडास्तरीय तदर्थ समिति गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.