सिरहा, २२ वैशाख । राहत वितरणका क्रममा सिरहाको मिर्चेयामा झडप भएको छ । सोमबार मिर्चैया नगरपालिका वडा नबर ७ फुलबरियामा मा राहत वितरणका क्रममा प्रहरी र स्थानीवासिन्दाबीच झडप भएको हो ।

झडपमा ५ प्रहरी र ४ जना सर्वसाधारण सामान्य घाइते भएका छन् । फुलबरियामा पछिल्लो तीन दिन यता विपन्नलाई राहत वितरण गरिँदै आएको छ । सोमबार राहत वितरण गर्ने क्रममा केही व्यक्तिले असन्तुष्टि जनाउँदै हो–हल्ला गर्दै राहत वितरण नै बिथोल्न खोज्दा प्रहरी र स्थानीयबीच झडप भएको हो ।

झडपका क्रममा प्रहरीले चार राउण्ड अश्रुग्याँस र नौ राउण्ड हवाई फायर गरेका छन् । सिराहा प्रहरीका प्रवक्ता एवं डीएसपी बिनोद घिमिरेले हो–हल्ला गर्नेहरूले ढुँगा प्रहार गर्न थालेपछि अश्रुग्याँस र हवाई फायर गर्नुपरेको बताए ।

स्थानीयले राहत लिनेको सूचीमा धनीको नाम समावेश गरिएको भन्दै विरोध जनाएका थिए । अहिले यहाँको अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.