हुलाकी न्यूज
काठमाडौं । राष्ट्रियसभाको चुनाव सम्पन्न भएलगत्तै प्रदेश २ मा सत्ता समीकरण परिर्वतनको चर्चा सुरु भएको छ । प्रदेशमा नेकपाको पनि आगमन हुने संकेत प्रष्टरुपमा देखिएको छ ।

प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेको स्रोतको दाबी छ । उनलाई आफ्नो पार्टी समाजवादीको साथ छ तर सत्ता साझेदार राष्ट्रिय जनता पार्टी (राजपा)सँग छलफल हुन बाँकी छ ।

स्रोतकाअनुसार मुख्यमन्त्री राउत राजपाका तीन मन्त्रीको कामप्रति सन्तुष्ट छैनन् । राजपाले उनीहरुलाई हटाएर नयाँ अनुहार सरकारमा पठाओस् भन्ने उनको चाहना छ ।

प्रदेश २ मा समाजवादी र राजपा गठबन्धनको सरकार छ । राजपाका मन्त्रीहरुका कारण सरकार नै बदनाम भएको समाजवादी पार्टीका मन्त्रीहरुको तर्क छ ।

मन्त्रिपरिषद् पुनर्गठनबारे समाजवादी पार्टीले पनि राजपासँग छलफल गर्ने भएको छ । वर्तमान मन्त्रीहरु फिर्ता बोलाएर नयाँ अनुहारलाई पठाउन समाजवादी पार्टीको प्रदेश समितिले राजपा नेतृत्वलाई पत्र लेख्ने तयारी गरेको स्रोतको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.