हुलाकी न्यूज, बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारी प्रदेश नं ७ (सुदूरपश्चिम) को भ्रमणमा आउनुभएको छ ।

राष्ट्रपति भण्डारी अहिले सुदूरपश्चिमको पर्यटकीयस्थल खप्तडमा पूजाआजा तथा भ्रमणमा रहनुभएको प्रदेश नं ७ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विजयकुमार भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खप्तडबाट फर्किएर आज नै उहाँको डोटीस्थित शैलेश्वरी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।”

राष्ट्रपति भण्डारी आज नै काठमाडौँ फर्किने कार्यक्रम रहेको ७ नं प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ । सुदूरपश्चिमका नौवटै जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको भए पनि कार्य व्यस्तताले अरू जिल्लाको भ्रमण गर्न नसकिने बताइएको छ ।

राष्ट्रपति भण्डारी दुईदिने भ्रमणका लागि बुधबार सुदूरपश्चिमको डोटी आइपुग्नुभएको हो । राष्ट्रपति भण्डारी सुदूरपश्चिममा आइपुग्नु भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.