रामराजा प्रसाद सिंह स्मृति दिवस : उपेन्द्र यादवले धोका दिदा राष्ट्रपति हुन सकेन

जयप्रकाश प्रसाद (जेपी) गुप्ता

आफन्तलाई अन्याय गर्नु पनि शायद हाम्रा मधेसी समुदायको एक गुण नै होला । संघीय नेपालका पहिलो राष्ट्रपतिको निर्वाचनमा मधेसी पार्टीले धोका दिएकै कारणले रामराजा बाबू राष्ट्रपति हुनसक्नु भएन । मओवादी र मधेसी जनअधिकार फोरम,नेपालका बीच सहमति भै रामराजा प्रसाद सिंहलाई राष्ट्रपति पदको उम्मेदवार बनाईएको थियो ।

भारतीय राजदूताबासको पहलमा मिनटौंमा यो समिकरण बदलियो । मतदान हुनुभन्दा २/३ घंटा पहिले एमाले संसदीय दलका कार्यालयमा नेपाली कांग्रेस, एमाले र फोरमको संयुक्त बैठक बस्यो । रामचन्द्र पौडेल, झलनाथ खनाल र उपेन्द्र यादबले हातमा हात मिलाएर, तीनै जना हात उचालेर बिजयीको आभाष दिदैं फोटो खिचाएँ ।
तेतीखेरै, तक्षण रामराजा बाबू हार्नु भयो ।

मैले फोरम संसदीय दलको बैठकमा “नोट अफ डिसेन्ट” लेखे । लेखेको थिए: “उपेन्द्र यादव जीले गलत निर्णय गर्नु भयो । यस घटनाले मधेसी जन अधिकार फोरम,नेपाल आफ्ना एक संस्थापक, मुलुककै पहिलो गणतन्त्रवादी नेताका प्रति खुला घात गरेको छ । मतदानका लागि ह्वीप जारी गरिनु हुदैन ।” भनेर लेखे ।

मेरो बिरोध मान्य भएन । बहुमतबाट उपेन्द्र जी को प्रस्ताव अनुसार राष्ट्रपति पदको निर्वाचनमा डा. रामबरण यादव जीलाई मत दिने निर्णय भयो । मैले क्रस भोटिंगको आह्वान गरें । बिजय गच्छदार समेत हामी १७ जनाले रामराजा प्रसाद सिंहको पक्षमा मत दियौं । तर, उहाँ बिजयी हुनु भएन ।

धेरैले इतिहास बिर्सिसके । जो सामुन्ने छ, जो शक्तिमा छ-उनि सर्वत्र पुजिन्छन् । मधेसमा त धेरै शक्तिका पुजारी छन् नै ।

तल रामराजा बाबूको एकल तस्वीर मैले अरूको सौजन्यबाट लिएको हुँ । यो उहाँ प्रवासमा पटनामा रहनु हुदाँका बखतको तस्वीर हो । दोस्रो तस्वीर, मधेसी जन अधिकार फोरम, नेपालको शायद बिस २०६०, श्रावणमा बिराटनगरमा भएको पहिलो महाधिवेशनको हो । जहाँ मंचमा म जेपी गुप्ता, सिपी मैनाली, सीतानन्दन राय, उपेन्द्र यादव र अन्तमा रामराजा बाबू देखिनु भएको छ ।

ठिक छ, साथीहरू वर्तमानमा रच्दै हुनुहुन्छ । म, स्मृतिलाई जगाउदै रामराजा बाबूलाई हार्दीक श्रद्धा सुमन व्यक्त गर्दछु ।

  • गुप्ताकाे फेसबुकबाट
SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.