राज्य विरुद्धको अपराधमा सीके राउतसहित चार जनाको म्याद थप

file photo

हुलाकी न्यूज, गौर : राज्य विरुद्धको अपराधमा जिल्ला प्रहरी गौरले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतसहित चार जना विरुद्ध मुद्दा चलाएको छ । प्रहरीले उनीहरुलाई अदालत पेश गरि अनुसन्धानका लागि ४ दिनको म्याद लिएको छ।

पक्राउ परेका अन्यहरु भने रिहा भएका छन्।

जिल्ला अदालत गौरमा राज्य विरुद्धको अपराधकै मुद्दाको तारेख लिएर फर्किदै गर्दा प्रहरीले राउतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको थियो।

जिल्ला प्रहरीका डिएसपी महेन्द्र मरासिनिले राउतलाई ४ दिनको म्याद थप गरेर अनुसन्धान थालेको जानकारी दिएका छन्।

डा.राउतसँगै पक्राउ परेका ४ वर्षीया छोरी रेवतीलाई आमाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

यसैबीच डा.राउतको रिहाईको माग गर्दै विभिन्न जिल्लामा प्रदर्शन भएको छ।

SHARE

1 COMMENT

  1. सरकार का रवैया अनुचित लाग्यो मधेस र मधेसी जनता लाई हेर्न तरिका नै आलग भएका ले dr. Raut सो शिकार का प्रमाण हुन दु:खद !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.