जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका नेता तथा धनुषा निर्वाचन क्षेत्र ३ का सांसद राजेन्द्र महतोले आफ्नो क्षेत्रमा स्वास्थ्य सुरक्षा सामग्री सहित खाद्यान्न पनि वितरण गरेका छन् ।

महतोले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, नगराइन नगरपालिकाका मेयर परमेश्वर यादव र मुखियापट्टी मुसरनिया गाउँपालिकाका अध्यक्ष मनोज यादवको हातवाट क्षेत्रका कुल २० स्वास्थ्यचौकी र धनौजी गाउँपालिकास्थित क्वारेन्टाइन गरि कुल २१ स्थलमा लाखौं मूल्यबराबरको सामग्री सहयोग गरेका हुन् ।

महतोका निजि सचिव बिन्द किशोर साहका अनुसार निर्वाचन क्षेत्र सम्पर्क कार्यालयको आयोजनामा प्रत्येक स्थलमा १ थर्मल गन, २ पिपिई, ५० मास्क, १ सयजनाका लागि ग्लोब्स र १ बोतल सेनिटाइजर हस्तान्तरण गरिएको छ । तिनैवटा पालिकाका प्रमुख सहित जिससका उपप्रमुख दिपक झा, नेताहरु संजय सिंह, मनोज चौधरी, प्रमोद यादव सहितको उपस्थितीमा सो सरसमानहरु वितरण गरिएको साहले बताए ।

साथै यसअघि नै जनकपुरधामको विभिन्न वडाहरुमा गरिव विपन्न तथा अभाव भएकाहरुको लागि वितरण भइरहेको भोजन निर्माण स्थलमा १२ क्वीन्टल चामल समेत प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.