राजपा : महोत्तरीमा बृहत पार्टी प्रवेश, रौतहटमा अन्तरक्रिया

हुलाकी न्यूज, जनकपुरधाम । आन्दोलनरत राष्ट्रिय जनता पार्टीले शनिबार महोत्तरीको गौशलामा बृहत्त पार्टी प्रवेश कार्यक्रम गरेको छ भने रौतहटको गौरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

राजपाका अनुसार महोत्तरीको गौशलामा आयोजित कार्यक्रममा करिब एक हजारको संख्यामा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम परित्याग गरी राजपामा प्रवेश गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजपाका नेताहरुले संविधान संशोधन नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने बताए । उनीहरुले आन्दोलनलाई थप सशक्त बनाउन सर्वसाधारणलाई आग्रह गरे । कार्यक्रमा अध्यक्ष मण्डलका शरत् सिंह भण्डारी र महेन्द्र राय यादवसहित दर्जनौं नेताहरु सहभागी भएका थिए ।
यता रौतहटको गौरमा आयोजित अन्तरक्रिया कार्यक्रममा आन्दोलनलाई थप सशक्त बनाएर लग्ने विषयमा छलफल भएको छ । कार्यक्रमा सहभागी अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले आगामी आन्दोलनका कार्यक्रमका लागि तयार रहन आग्रह गरेका थिए ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.