हुलाकी न्यूज, काठमाडौं ।
कम्युनिष्ट पार्टीहरुले बाम गठबन्धन निर्माण गरेपछि प्रजातान्त्रिक दलहरुले पनि लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, संघीय समाजवादी फोरम नेपालसहित ६ दलले लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय गरेको छ ।

बुधबार राती बालुवाटारस्थित प्रधानमन्त्री निवासमा छ दलबीच लोकतान्त्रिक गठबन्धन बनाउने सहमति भएको छ ।

बैठक पछि हुलाकी न्यूजसँग कुराकानी गर्दै राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले लोकतान्त्रिक गठबन्धन निर्माणका लागि छ दलबीच सहमति भएको बताए ।

महतोले गठबन्धन निर्माणका लागि सात सदसीय कार्यदल गठन भएको पनि जानकारी दिए । कार्यदलमा कांग्रेसबाट दुई जना गरी अन्य पाँच दलबाट एक एक जना रहने जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेससहित राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का नेताहरु सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.