राजपाले मनाए स्थापना दिवस : को–को भए सहभागी? (फाेटाेसहित)

हुलाकी न्यूज, काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले तेस्रो वार्षिकोत्सव मनाएको छ। २०७४ बैशाख ७ गते स्थापना भएको राजपाले दुई वर्ष पुरा गरेको छ।

तेस्रो वार्षिकोत्सवको अवसरमा राजपाले काठमाडौंसहित विभिन्न जिल्लामा कार्यक्रम गरेको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा पार्टीका नेता, सांसद र प्रदेश २ का मन्त्रीहरुको उपस्थिति रहेको थियो।

राजपाको वार्षिकोत्सवमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भएका थिए।

प्रमुख प्रतिपक्षी दलका नेता सहभागी भएपनि सत्तारुढ दलका कुनै पनि शिर्ष नेता सहभागी भएनन्।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित थिए। यादव विदेश भ्रमणमा छन्।

सरकारका तर्फबाट परराष्ट्र मन्त्री प्रदिप ज्ञवली र प्रधानमन्त्री ओलीका सरकार विष्णु रिमाल सहभागी भएका थिए।

नयाँ शक्ति पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शम्शेर राणा र संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय प्रसाद यादव सहभागी भएका थिए।

स्थापना दिवसको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.