राजपाले निर्वाचन आयोगमा आठ सय १५ सदस्यीय कार्यसमिति बुझायो


हुलाकी समाचार, काठमाडौं ।
हालै निर्वाचन आयोगमा दल दर्ता भएको राष्ट्रिय जनता पार्टी नेपालले आठ सय १५ सदस्यीय केन्द्रीय कार्यसमिति पेश गरेको छ ।

बुधबार राजपा नेपालका नेताहरुले कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा आठ सय १५ सदस्यीय कार्यसमिति बुझाएको हो । जसमा १३४ पदाधिकारी मात्र रहेका छन् भने ६८१ जना केन्द्रीय सदस्य छन् ।

अध्यक्ष ६ जना, वरिष्ठ नेता तीनजना, वरिष्ठ उपाध्यक्ष आठजना, उपाध्यक्ष २४ जना, महासचिव ३१ जना, सहमहासचिव ३४ जना, सचिव १२ जना, कोषाध्यक्ष ५ जना रहेका छन् ।

यसैगरी, सहकोषाध्यक्ष दुईजना रहेका छन् भने प्रवक्ता र सहप्रवक्ता ६–६ जना रहेका छ । त्यसमा केन्द्रीय सदस्य ६८१ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here