राजपाले तेस्रो स्थापना दिवस मनाउँदै



हुलाकी न्यूज, काठमाडौं :
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले तेस्रो स्थापना दिबस मनाउने भएको छ।

पार्टी स्थापना भएको बैशाख ७ गते विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी भएको हो।

स्थापना दिवसको तयारीका विषयमा पार्टी केन्द्रीय कार्यालय काठमाडौं बबरमहलमा अध्यक्ष मण्डलका सदस्य द्वय महन्थ ठाकुर र राजेन्द्र महतोको उपस्थिति छलफल भएको छ।

काठमाडौंस्थित अमृत भोग पार्टी प्यालेसमा ७ गते दिउँसो २ बजेदेखि ५ बजेसम्म विशेष कार्यक्रमको आयोजना गरिनेछ।

२०७४ बैशाख ७ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध ६ वटा दल मिलेर राजपा गठन भएको थियो।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.