हुलाकी न्यूज, काठमाडौं ।
अगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि बेग्ला बेग्लै मतपत्र राख्नु पर्ने माग राष्ट्रिय जनता पार्टी नेपालले गरेको छ ।

राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नेतृत्वको प्रतिनिधिमण्डलले निर्वाचन आयोगका पदाधिकारीसँग प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एउटै मतपत्र प्रयोग गर्ने आयोगको निर्णयलाई सच्याउन माग गरेको हो । यसैगरी पार्टीको चिन्ह ढल्केको छाता हुनु पर्नेमा मतपत्रमा सिधा छाता रहेकोले सच्याउन माग समेत गरिएको छ ।

दुवै तहको निर्वाचनमा एउटै मतपत्रको प्रयोग गर्ने भनेको निर्वाचनको मर्म विपरतिको कार्य हुने मात्र नभई अन्तर्राष्ट्रियजगत्मा समेत यस्तो अभ्यास नरहेको बारे राजपाले आयोगको ध्यानाकर्षण गराएको थियो ।

राष्ट्रिय समाचार समितिका अनुसार आयोगका पदाधिकारीसँगको छलफलपछि अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले मंसिरमा हुने निर्वाचनका लागि चारवटा मतपत्र बेग्ला बेग्लै रङ्गको हुनुपर्छ भन्ने पार्टीको धारणाबारे आयोगलाई जानकारी गराएको बताए ।

उक्त पार्टीले आगामी निर्वाचनमा ढल्केको छाता चुनाव चिह्न माग गरेकामा छाता सिधा रहेको जस्तो देखिएकाले निर्वाचन चिह्न राख्दा सुधार्न पनि आयोगले सुझाव दिएको छ । सदस्य मण्डलका अर्का सदस्य राजेन्द्र महतोले स्थानीय तहको अध्यक्ष वा उपाध्यक्षको जस्तो निर्वाचन नभई प्रतिनिधिसभा र प्रदेशसभाको संरचना नै बेग्लाबेग्लै भएकाले मतपत्र पनि फरक फरक हुनुपर्छ भन्ने पार्टीको भनाइ रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.