राजपाको महाधिवेशन दोस्रो पटक किन स्थगित?

हुलाकी न्यूज, काठमाडौंः अध्यक्ष मण्डलमा सहमति जुट्न नसकेपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशन दोस्रो पटक पनि स्थगित भएको छ।

२०७४ वैशाख ७ मा स्थापना भएको राजपाले एक वर्षभित्र महाधिवशेन गर्ने तय गरे पनि दुई वर्ष हुँदासमेत महाधिवेशन हुन सकेको छैन।

त्यसपछि २०७६ वैशाख ७,८ र ९ गतेका लागि तय भएको महाधिवेशन पुनः स्थगित भएको थियो तर तयारी अभावका कारण स्थगित भएको जनाइएको छ।

महाधिवेशन नजिकिएपछि पछिल्लो समय राजपा अध्यक्ष मण्डल चक्रीय प्रणालीमा गएको थियो। अध्यक्ष मण्डल चक्रीय प्रणालीमा गएपछि राजपा अध्यक्ष मण्डलका सदस्यहरुबीच विवाद जारी रह्यो। जसकारण पार्टीको एकता महाधिवेशनमा ढिलाई भएको हो।

तर, राजपा अध्यक्ष मण्डलका संयोजक शरत्सिंह भण्डारीले भने,‘अन्य दलको जस्तो हाम्रो समान्य महाधिवेशन होइन, हाम्रो एकता महाधिवेशन हो। यसमा पार्टीको मूल विधानसहित अन्य संगठनहरुको विधान तथा योजना मिलाउनु पर्ने हुन्छ। त्यसकारण महाधिवेशनमा ढिलाई भएको हो।’

पहिलोपोस्टका अनुसार भण्डारीले तोकिएको समयमा हुन नसके पनि केही दिनभित्रै महाधिवेशन हुनेमा निश्चिन्त रहन आग्रह गरे।

राजपाका महासचिव केशव झाका अनुसार जनमुक्ति पार्टीसँग हालै एकीकरण भएकोले महाधिवेशनमा ढिलाई भएको बताए। उनले चैत १५ गतेसम्मको समय जनमुक्ति पार्टीको कार्यकर्ता नेता व्यवस्थापनमा लागेको बताउँदै महाधिवेशनको अर्को मिति तय गर्न अध्यक्ष मण्डलको बैठक बोलाइएको जनाए।

यसैबीच राजपाका पदाधिकारी समितिको बैठक बोलाउनेसमेत तयारी भएको छ। अध्यक्ष मण्डलको बैठकलगतै पदाधिकारी समितिको बैठक बोलाएर महाधिवेशनको निर्णय हुने झाले बताए।

संशोधित विधान बमोजिम २०७६ असार मसान्तसम्म महाधिवेशन गर्न सक्ने समय रहेको झाले बताए। असार मसान्तसम्मै गर्ने गरी नयाँ मिति आउने झाले जनाए।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.