हुलाकी न्यूज, काठमाडौं ।
प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पहिलो राजनीतिक समिति बैठक बस्दैछ ।

शनिबार दिउँसो बसेको राजपाका अध्यक्ष मण्डलको बैठकले राजनीतिक समितिको आकास्मिक बैठक बोलाउने निर्णय गरेको नेता राजेन्द्र महतोले हुलाकी न्यूजलाई बताए ।

महतोका अनुसार स्थानीय निकाय निर्वाचनको समिक्षा र आगामी निर्वाचनको तयारीका लागि पहिलो पटक राजनीतिक समितिको बैठक बोलाइएको हो ।

आकास्मिक रुपमा बोलाइएको उक्त बैठक सोमबारदेखि काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने महतोले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.