राजपाको अन्तिम सुचीमा नरमाया ढकाल(नामावलीसहित)


हुलाकी न्यूज, काठमाडौं ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको समानुपातिक सुची कलस्टर अनुसार नै हुने भएको छ । जसअनुसार खस आर्य महिला कोटाबाट नरमाया ढकाल सांसद हुने भएकी छिन् ।

राजपाले पठाएको समानुपातिक तर्फको प्रतिनिधि सभा सदस्यको सुची सच्याउन निर्वाचन अयोगले आग्रह गरेपछि सुची सोमबार अबेर राती पुनः संशोधन भएको छ ।

खस आर्य महिलातर्फको सुची नमिलेको भन्दै निर्वाचन आयोगले सच्याएर पठाउन आग्रह गरेको थियो ।

राजपा अध्यक्ष मण्डलका नेताहरुले सोमबार अबेर रातीसम्म छलफल गरेर खस आर्य महिलाको कोटामा नरमाया ढकाललाई नै राख्ने सहमति गरेका छन् ।

यसअघि मुस्लिम कोटाबाट चुन्नी खातुनको नाम हटाएर खस आर्य महिलामा रेणु शर्माको नाम पठाइएको थियो ।

उक्त नाम आयोगले अस्वीकार गरेपछि नरमाया ढकालको नाम राखिन लागेको स्रोतको भनाईछ ।

बाँकी पाँच जनाको नाम जस्ताको त्यस्तै रहेको छ ।

आदिवासी जनजाति महिलाको तर्फबाट रानी मण्डल र अमृता अग्रहरीको नाम टुगो लागेको छ भने मधेशी महिलामा चन्दा चौधरी, दलित महिलामा दुलारी देवी खंग र अर्को खस आर्य महिलामा निर्जला राउतको नाम टुंगो लगाइएको छ ।

निर्वाचन आयोगको अनुसार संशोधित सुची बुधबारसम्म निर्वाचन आयोगलाई बुझाइने स्रोतले जनाएको छ ।

चन्दा चौधरी (मधेशी महिला)
दुलारी देवी खंग (दलित महिला)
अमृता अग्रहरी (आदिवासी जानजाति महिला)
रानी मण्डल (आदिवासी जनजाति महिला)
निर्जला राउत (खस आर्य महिला)
नरमाया ढकाल (खस आर्य महिला)

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.