राजपाका केन्द्रिय महासचिव सुरिता साहको नाम महोत्तरीको तिन क्षेत्रबाट सिफारिस

रंजन भण्डारी

हुलाकी न्यूज,  महोत्तरी । राजपाका केन्द्रिय महासचिव तथा पुर्व राज्यमन्त्री सुरिता साहको नाम महोत्तरीको क्षेत्र नं. २,३ र ४ बाट सिफारिस गरिएको छ ।

राजपा महोत्तरीबाट उनको नाम केन्द्रिय कार्यालयमा सिफारिस भएकोमा सो सिफारिसमा तिन क्षेत्रले उनको नाम प्रस्तावित गरेको थियो । नेतृ साह विगतमा संगठन निर्माण गर्ने देखि लिएर क्षेत्र नं. २ मा राजपालाई विस्तार गर्न अहम भुमिका निभाएर चर्चामा रहेकि छिन । उनी सो क्षेत्रमा कुशल महिला नेतृ को रुपमा परिचित छिन ।

यता सोहि क्षेत्रवाट केन्द्रिय अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी समेत प्रतिनिधी सभाको चुनावमा लड्ने ईच्छा व्यक्त गरेका छन । यस सम्बन्धमा नेतृ साहले अध्यक्ष मण्डलका सदस्य भण्डारी क्षेत्र नं. २ बाट चुनाव लड्ने पक्का गरे आफु सो क्षेत्रबाट व्याक हुने बताईन ।

नेतृ साह मधेश आन्दोलनको वेला आन्दोलनमा सकृय सहभागिताले समेत चर्चामा रहने गरेकि छिन । २०७० सालमा भएको प्रतिनिधी सभाको निर्वाचनमा महोत्तरीको तत्कालिन क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवार चन्देश्वर झासंग १२० मतको झिनो मतान्तरले सुरिता साह पराजित भएकि थिईन । हाल चन्देश्वर झा समेत राजपा मै प्रवेश गरिसकेका छन ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here