राजपाकाे निर्देशनः प्रदेश सरकार विरुद्ध नबोल्नु


हुलाकी न्यूज, काठमाडौंः
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश २ को सरकारविरुद्ध टिकाटिप्पणी र आलोचना नगर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएको छ।

राजपा अध्यक्ष मण्डलको बैठकले प्रदेश सरकारमा असर पर्ने गरी केही नेता तथा कार्यकर्ताहरुले अभिव्यक्ति दिएको भन्दै उक्त निर्देशन जारी गरेको हो।
राजपा अध्यक्ष मण्डलको बैठकबाट प्रदेश २ सरकारलाई थप शक्तिशाली बनाउने निर्णय भएको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बताए।

प्रदेश २ को गठबन्धनको सरकार कायम रहने राजपा अध्यक्ष मण्डलका सदस्य महतोले भने,‘प्रदेश २ को सरकारमा कुनै हेरफेर हुँदैन। राजपा र फोरमको सहकार्य जारी रहनेछ।’

मोहम्मद लालबाबु राउत नेतृत्वको सरकारलाई समर्थन र सहयोग गर्न राजपाले नेताहरुलाई निर्देशन दिएको हो।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.