रंगभेद विरुद्धको दिवस मनाउँदा सीके राउतका एक दर्जन कार्यकर्ता पक्राउ

हुलाकी न्यूज, काठमाडौं : मधेशमा रंगभेद विरुद्धको दिवस मनाउँदा एक दर्जनभन्दा बढी पक्राउ परेका छन्।

मधेशका विभिन्न जिल्लाबाट स्वतन्त्र मधेश गठबन्धनका एक दर्जनभन्दा बढी पक्राउ परेको गठबन्धनले जनाएको छ।

सप्तरीबाट पूर्वसभासद्सहित तीन जना पक्राउ परेका छन् भने सिरहाबाट तीन जना र धनुषाबाट तीन जना पक्राउ परेका छन्। पश्चिम मधेशबाट पनि केही कार्यकर्ता पक्राउ परेपनि विस्तृत जानकारी दिइएको छैन।

राजविराजमा प्रदर्शनको तयारी गरिरहेका गठबन्धनका नेता एवं पूर्वसभाषद् महेश यादव, राजविराज ७ का नारायण यादव र विष्णुपुर गाउँपालिका १ का महेश यादवलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई शिव मन्दिर प्राङ्गणबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिएका छन्।

धनुषाबाट शहीद नगरपालिका १ कुभकरणक दिपनारायण यादव, विजय यादव र औरही गाउँपालिका ३ का किलेश मंडल पक्राउ परेका छन्। यसैगरी सिरहाबाट निर्माल मण्डल, रामपुकार यादव र मनिष यादव पक्राउ परेका छन्।

यसैबीच धनुषामा डा.राउतका समर्थकहरुले मोटरसाइकल र्याली निकालेका छन्। धनुषाको हसपुर नगरपालिका- सोनिगामाबाट र्याली सुरुभएर विभिन्न नगरपालिका र गाउँपालिकामा र्याली गर्दै मठिहनमा समापन भएको थियो। समापन कार्यक्रमबाट गठबन्धनका नेताहरुलाई पक्राउ गरिएको गठबन्धनका नेता मनोद मरबैताले जनाएका छन्।

मधेशमा आज रंगभेद विरुद्धको दिवस मनाइँदै

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.