अर्कना खातुन, काठमाण्डौ, ७ पुस । हसन राजा खानको पहिलो डेब्यू फिल्म अलबिदा पछि ‘रोमियो’को छायाँकन भरखरै मात्र सकिएको छ । एच.आर.के प्रडक्शनमा निर्माण भैरहेको यो चलचित्र यहि आउँदो नयाँ वर्ष २०७४ वैशाखको अन्त्य तिर रिलिज हुने जानकारी चलचित्रको निर्माता तथा नायक खानले दिएका छन् ।
‘रोमियो’ चलचित्रको लिडमा हसन राजा खान छन् भने ओसिमाको पहिलो डेब्यु मुभि हुने छ । रोमियाका जुलियट एक जना मात्र नभइ निशा अधिकारी, ओसिमा बानु र मेलिना मानन्धर गरि तीन जना रहेका छन् । भरखरै यस चलचित्रको कभर भिडियो ‘ल्याङ ल्याङ’ भन्ने गीत सर्वत्र सार्वजनिक भैसकेको छ ।
मैले रोमियोलाई यस चलचित्रको बारे केहि भन्नु र कथावस्तु बारे बुझ्न खोज्दा खानले भने, ‘रोमियो’ एउटा प्रेम कथामा आधारित चलचित्र रहेको छ । समय नबिताई मैले फेरि तीन जना मध्ये रोमियोको जुलियट चाहि को हुन भन्ने प्रश्न गर्दा, ‘हसन हास्दै त्यसको लागि फिल्म रिलिज भएपछि सबै हलसम्म आएर हेरदिनुस् भनि आग्रह पनि गरे ।’
ओसिमालाई पनि चलचित्रको बारे जानकारी लिन खोज्दा, ‘आफु एकदमै एक्साइटेड रहेको बताइन । आफ्नो नयाँ काममा खुब रमाउँदै र मिहिनेतको साथ काम गर्दैछु भनिन् । साथै ओसिमाले सबैलाई फुर्सद निकाली हाम्रो मिहिनेतलाई हलसम्म गई हेरि हामीलाई प्रोत्साहित गरिदिनु भनि आग्रह समेत गरिन् ।’
शंकर कार्कीको निर्देशनमा रिलिज हुन गैरहेको चलचित्र रोमियोमा के साचिकै तीनवटा जुलियट नै छिन् त ? वा फिल्मको अन्त्यमा रोमियोले एक जना मात्र जुलियट लिएर जानेछ । रामियोको जुलियट को हुने छिन् हेर्न नभुल्नुहोला ।