यी हुन् राजपाबाट अन्तिम सुचीमा परेका प्रतिनिधि सभा सदस्यहरु


हुलाकी न्यूज,  काठमाडौं ।
राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले प्रतिनिधि सभामा समानुपातिकतर्फका सदस्यहरुको टुँगो लगाएको छ । समानुपातिक तर्फबाट पाएको ६ सीटमा महिलाहरु नै पठाउनु पर्ने बाध्यता रहेकोले ६ जनै महिलाको नाम टुँगो लगाइएको छ ।

राजपा अध्यक्ष मण्डलको बैठकले ६ जनाको नाम टुँगो लगाएको राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले जानकारी दिए।

राजपाबाट आदिवासी जनजाति महिला कोटामा रानी मण्डल र अमृता अग्रहरी परेकी छन् ।

यसैगरी खस आर्य महिलातर्फबाट निर्जला राउत, दलित महिलाको तर्फबाट दुलारीदेवी खंग, मधेशी महिलाको तर्फबाट चन्दा चौधरी र मुस्लिम महिलाबाट चुन्नी खातुन(सोनिया) परेकी छन् ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here