Dr. CK Raut File Photo

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा एक वर्ष पूरा गरिसकेका जिल्ला इन्चार्जहरुलाई परिवर्तन गरी नयाँ जिल्ला इन्चार्जहरु नियुक्त गरिने भएको छ ।

हालै अनलाइन विडियो कन्फरेन्समार्फत् भएको जनमत पार्टीको केन्द्रीय समितिको बैठकमा १ वर्ष कार्यकाल पूरा गरिसकेका जिल्ला इन्चार्जहरूलाई परिवर्तन गर्ने निर्णय भएको थियो ।

जिल्लाभित्र रहेका केन्द्रिय सदस्य तथा पूर्व–इन्चार्जहरूलाई आउँदो स्थानीय निर्वाचनका लागि हरेक स्थानीय स्तर र तिनका वडाहरूमा विजय हासिल गर्न सक्ने तथा पार्टीको कमान्डचेनमा रहने र पार्टी प्रति पूर्ण वफादार भएर काम गर्न सक्ने सम्भावित उम्मेदवारहरूको खोजतलाश गरी नाम सिफारिश गर्ने जिम्मेबारी दिइएको छ । हरेक तहमा हरेक पदका लागि ३ जना सम्मको नाम सिफारिश गर्न सकिने अध्यक्ष राउतले जनाएका छन् ।

जिल्लाभित्र रहेका केन्द्रिय सदस्य तथा पूर्व तथा वर्तमान इन्चार्जहरूलाई स्थानीय तहको हरेक वडा स्तरसम्म “जनमत युवा संघ” को अविलम्ब गठन गरी वा गठन भइसकेका ठाउँमा सोको सूची तैयार गरी उपलब्ध गराउन डा.राउतले अनुरोध गरेका छन् । यसका लागि “जनमत युवा संघ” गठनको जिम्मेबारी पाएका संजय यादव (सिरहा)सँग समन्वय गर्न अनुरोध गरेका छन् ।

हरेक जिल्लाभित्र केन्द्रिय सदस्य, इन्चार्ज वा अन्यद्वारा गठन गरिएका समितिहरूको विवरण (वा कम्तीमा समिति संयोजकको नाम सहित समिति गठन भएको जानकारी) स्क्यान गरेर वा फोटो खिचेर वबलबmबतउबचतथ२नmबष्।िअयm मा अविलम्ब वा बढ़ीमा २०७७ वैशाख १ गते भित्रमा उपलब्ध गराउन उनले अनुरोध गरेका छन् ।

त्यतिबेलासम्ममा पनि विवरण प्राप्त नभएमा सो स्थानीय तह वा वड़ामा समिति गठन न भएको मानिनेछ र त्यहाँ समिति पुनः गठन गरिनेछ । यसका साथै, अन्य समितिभन्दा पनि पहिला पार्टीको मूल समिति हरेक वडा स्तरसम्म बनाउन अनुरोध गरेका छन् । जिल्ला भित्रमा करीब ८०५ वडाहरूमा वडा समिति गठन भइसकेपछि मात्रै अन्य जनवर्गीय तथा पेशागत समितिहरू बनाउन अनुरोध गरेका छन् ।

जनमत पार्टीका लागि अहोरात्र खट्दै महत्त्वपूर्ण योगदान दिई आफ्नो कार्यकाल पूरा गरेका सम्पूर्ण इन्चार्जहरूलाई पार्टीले धन्यवाद ज्ञापन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.