मोदीको अभिनन्दनमा ‘जय मधेश’को नारा, ‘फ्री मधेश’को ब्यानर

हुलाकी न्यूज, जनकपुरधामः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधामस्थित बारह विगहा मैदानमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा जय मधेशको नारा लगाइएको छ।

उक्त कार्यक्रममा सर्वसाधारणहरुले ‘फ्री मधेश’(स्वतन्त्र मधेश)को ब्यानरसमेत देखाएका छन्।

कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्ने क्रममा नारावाजी भएको हो। मञ्चको अगाडिमा रहेका सर्वसाधारणहरुले फ्री मधेशको ब्यानर देखाएका हुन्।

यसअघि प्रहरीले कार्यक्रम स्थलबाट स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुको हातबाट ब्यानर र स्वतन्त्र मधेश लेखिएको टोपी खोसेका थिए।

मोदीको अधिनन्दन कार्यक्रममा ‘जय मधेश’को नारा लगाउन गठबन्धनका संयोजक डा.सीके राउतले आह्वान गरेका थिए।