हुलाकी न्यूज, जनकपुरधाम ।
धनुषा प्रहरीले मंगलबार मोटरसाइकल चोरी गर्ने गिरोहका तिनजनालाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्लाको विभिन्न ठाउँबाट जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको विशेष टोलिले गोप्य सूचनाको आधारमा उक्त समुहको पहिचान गरी पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका ४ बस्ने बर्ष २६ का नमनित कुमार झा, वडा नंं. २४ बस्ने बर्ष १९ का नदिम हुसेन , वडा नं. ४ बस्ने बर्ष ३२ का हिरालाल तामाङ रहेका छन् ।

केहि केहि महिनायता देखि मोटरसाईकल चोरीमा सक्रिय रहेको गिरोहलाई धनुषा प्रहरी पक्राउ गर्न सफल भएको छ । हाल गिरोहका ३ जनालाई पक्राउ गरेतापनि अन्यहरुको खोजतलास तिब्र रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक प्रविन धितालले जनाए ।

प्रहरीका अनुसार उनीहरु जनकपुर लगायतका ठाउँबाट विभिन्न कम्पनीका मोटरसार्य चोरी गरी नेपाल भारत सिमावर्ती क्षेत्रमा विक्रीवितरण तथा सप्लाई गर्दै आएका छन् । उनीहरुबाट प्रहरीले चोरी गरी धनुषा जिल्लाका बिभिन्न स्थानमा बिक्री बितरण गरेका बिभिन्न कम्पनीका ३ थान मोटरसाईकल समेत बरामद गरेको हो । प्रहरीले विभिन्न स्थानमा बिक्री गरेको ज ५ प ९० नं.को १५० सिसि कालो पल्सर १५०,ज ४ प ७९१६ हिरो हुण्डा कालो स्पेन्डर प्रो, ज ३ प ८१७० कालो रङको यामाहा कम्पनीको YBR बरामद गरेका छन् ।

ती गिरोहले एकान्तमा राखेका माटरसाईकलको लक तोडी चोरी गर्ने, चोरेका मो.सा. ओसारपसार गर्ने तथा पार्टपुर्जाहरु फेरबदल र बिक्रि बितरण गर्ने लगाएतका अपराधिक क्रियाकलाप गर्दै आएका थिए । मोटरसाइकल चोरी गरी नेपाल तथा नजिकको सीमावर्ती भारतीय बजार हर्लाखी, बासोपट्टी, हरिणे, छतौनीलगायत स्थानमा बिक्री गर्दै आइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.