मैथिली भाषामा पनि ‘राज्जा रानी’ प्रदर्शन हुने

हुलाकी न्यूज, काठमाडौं । पश्चिम मधेशको कथा बस्तु समेटिएको फिल्म ‘राज्जा रानी’ मैथिली भाषामा समेत प्रदर्शन हुने भएको छ ।

आगामी पुष २८ गतेबाट उक्त फिल्म प्रदर्शन हुनेछ । नाजिर हुसेन र केकी अधिकारी अभिनित फिल्मले पश्चिम मधेशको एक जनजाति परिवारको कथा समेटेको छ ।

फिल्म, मधेशको लवज निकट रहेको कुरा त, टिमले हालै सार्वजनिक गरेको ‘चिपक चिपक’ बोलको गीतले बोलेको छ । तर, अब भने निर्माण टिमले फिल्म मैथिली भाषामा पनि प्रदर्शन गरिने जनाएको छ ।

आर्यन फिल्मसको ब्यानरमा रमेश एमके पौडेलको प्रतुती ‘राज्जा रानी’ मैथिली भाषामा पनि देशभर एकै दिन प्रदर्शन हुनेछ ।

प्रस्तुतकर्ता रमेशले दिएको जानकारी अनुसार भारतलगायत अन्य मुलुकहरुमा समेत प्रदर्शन हुने गरी भोर कम्पनी प्रालीका सीईओ राज कुमार महतोसँग २० लाखमा फिल्मको सम्झौता भएको छ ।

यम थापा निर्देशित यस फिल्ममा नाजिर र कामेश्वरसंगै केकी अधिकारी, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य लगायतको अभिनय छ ।

फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, चन्दन दत्तको सम्पादन एवं विक्रम स्वारको नृत्य निर्देशन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.