हुलाकी न्यूजः मुस्लिम धर्मावलम्बीले आज इद उल (बकर इद्) पर्व मनाउँदैछन् । यो पर्वलाई इद उल अज्हा अथवा इदुल जोहा पनि भनिन्छ ।

इदमा मुस्लिम समुदाय मस्जिदमा भेला भएर सामूहिक रुपमा नवाज पढ्ने गर्छन् । तर, यस वर्ष कोरोना भाइरस संक्रमणको कारण मुस्लिम समुदायले घरमै बसेर यो पर्व मनाउँदै छन् ।

कोरोना संक्रमणको जोखिम उच्च भएकाले विभिन्न मुस्लिम संघसंस्थाले घरमै नमाज पढ्न र सामूहिक रुपमा भेला नहुन अपिल गरेका छन् ।

इदमा पशुबली दिने परंपरा छ। हलाल गरेको मासु आफन्त, साथीभाइ र गरिबलाई बाँडेर खाने गरिन्छ। खसी, बोका, राँगा, भैँसी, भेडा लगायतका पशु बली दिने परंपरा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.