किशोर गुरु, जनकपुरधाम । मधेश–मिथिला क्षेत्रको कला एवं संस्कृतिलाई प्रवद्र्धनका निम्ति जनकपुरधामा मिथिला संग्राहलय निर्माण हुँदैछ ।

अनुमानति करिब १८ करोडको लागतमा मिथिला कला संस्कृति संग्राहलय जनकपुरधामको गंगासार र धनुषासागरको नजिकै निर्माण हुन लागेको हो । उक्त संग्राहलयको सोमबार राष्ट्रिय जनता पार्टीकी सांसद माधवी राणी साहले शिलन्यास गरेकी छिन् ।

जनकपुरधामबाट निर्वाचित सांसद संजय साहसहितको क्षेत्रीय बजेट र माधवी राणी साहको संसदीय कोषको रकमबाट पहिलो चरणमा ७० लाख रुपैंया संग्राहलयका लागि छुटियाइएको छ ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै सांसद साहले भने,‘पाँच वर्षभित्र निर्माण गर्ने लक्ष्यका साथ आज शिलन्यास गरेकी छु । अहिले संसदीय कोषको रकमले कामको थालनी हुनेछ र अन्य निकायहरुसँग पनि सहयोगका लागि आग्रह गरेका छौं ।’

स्रोतका अनुसार मिथिला संग्राहलय निर्माणका लागि थप सहयोग उपलब्ध गराउन भारत सरकारसँग पनि पहल गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.