जनकपुरधाम, ८ कार्तिक । मिथिलाञ्चलमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व तयारी जनकपुरधाममा धुमधामका साथ सुरु भएको छ ।
नियम निष्ठा र बिधिपुर्बक मनाईने साँझा सांस्कृतिको रुपमा रहेको छठ पर्बमा आबश्यक पर्ने सामग्रीहरुको जोहो र किन मेल गर्न सर्बसाधारण अहिले व्यस्त छन । तराईमा मधेशमा सहित मिथिला क्षेत्रमा श्रद्धा र नियम निष्ठापूर्वक मनाइने छठ सोमवार विधिवत रुपमा सुरु भएको छ ।
जनकपुर सहित देशभरि तथा भारतीय राज्य विहारमा भव्यतापूर्वक मनाईने छठ पर्वको दोश्रो दिन आज ब्रतालुहरुले रातिमा मिठा (सख्खर) मा बनाईएको खीर खाएको विधिलाई खरना भन्ने गरिन्छ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सम्पुर्ण शक्तिको स्रोत सुर्यको उपासनाको यो महापर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो खरना, तेस्रो दिन अस्ताउदो र चौथो दिन उदाउँदो सुर्यलाई अर्घ दिएपछि विधिवत रुपमा समापन हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.