मिडिया काउन्सिललगायत तीन वटै विधेयक फिर्ता लिन राजपाको माग


हुलाकी न्यूज,
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले मिडिया काउन्सिलसम्बन्धी विधेयकलगायत तीन वटा विधेयक अविलम्ब फिर्ता लिन माग गरेको छ ।

राजपा संयोजक शरत्सिंह भण्डारीले शुक्रबार एक विज्ञप्ति जारी गरी राष्ट्रिय मानव अधिकार आयोगको संशोधित विधेयक, मिडिया काउन्सिलसमबन्धी विधेयक र प्रधानमन्त्रीले सेना परिचालन गर्नसक्ने विधेयक फिर्ता लिन माग गरेका हुन् ।

राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको विपरीत र लोकतन्त्रको मूल्य र मान्यता विपरीत रहेको राजपाको ठहर छ ।

तीनवटै विधेयक फिर्ता नभए त्यसबाट उत्पन्न हुने भयावह परिस्थितिका लागि सरकार नै जिम्मेवार हुने राजपाले चेतावनी दिएको छ ।

साथै, राजपाका सांसद एकवाल मियाँको विदेश भ्रमणबारे पार्टीलाई कुनै जानकारी नभएको राजपाले प्रष्ट्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.