विराटनगर । मारवाडी समाज विराटनगरले विराटनगर महानगरपालिकालाई ६ लाख रकम बराबरको ५ सय प्याकेट खाद्यान्न सामगी सहयोग गरेको छ ।

मारवाडी युवामन्च विराटनगर र ४१ क्लव विराटनगर नम्बर–१ ले कोरोना महामारीका लागि राहत सामग्री जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

मारवाडी युवा मन्च विराटनगरका अध्यक्ष युवा समाजसेवी गोपाल अग्रवाल र ४१ क्लबका अध्यक्ष उद्योगी सुरेन्द्र गोल्छाले शनिबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई राहत सामग्री हस्तान्तरण गरेका छन् ।

मारवाडी समाज विराटनगरले विराटनगर महानगरपालिका बाहेक एक हजार परिवारलाई ५ लाखभन्दा बढी गरीब, मजदुर परिवारलाई राहत सामग्री वितरण गरेका छन् ।

मारवाडी समाज विराटनगरद्रारा राहत वितरण कार्य जारी रहेकोले सहयोग रकम बढ्न सक्नेछ । शनिबार समाजले १० केजी चामल, २ केजी दाल, ३ केजी आलु, २ केजी चिउरा, १ लिटर तोरी तेल, १ केजी नुनसहित विस्कुट तथा साबुन गरेर २० के जी को ५ सय राहत प्याकेट विराटनगर महानगरपालिकालाई प्रदान गरेका छन् ।

अब महानगरपालिकाले समाजबाट आएको राहत सामग्री नगरवासीलाई वितरण गरिने छ । राहत वितरण समारोहमा मोहनलाल शर्मा, भिखमचन्द सरल, नन्दकिशोर राठी तिनपेनी, शिवरतन जोशी, राजेश लखोटिया, अरुण खेतान, जितेन्द्र गोल्छा, जय शर्मा, मोहित लालवानी लगायत मारवाडी समाजका अग्रजहरुको सहभागिता थियो । -ब्रह्मदेव यादव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.