सप्तरी । स्टोरीज अफ नेपालको सहयोगमा दलित सरोकार मञ्च नेपाल कञ्चनरुप–८ ले कोशी ब्यारेजमा माछा मारेर गुजारा गर्ने ६५ परिवारलाई राहत वितरण गरेको छ । समन्वयमा ५० घर मुसहर समुदायलाई राहत वितरण गरिएको हो ।

हनुमाननगर कंकालिनी नगरपालिका–१ मा पर्ने उक्त ब्यारेजमा ३८ परिवार मल्लाह, ६ परिवार मुसहर, ४ परिवार राम, ३ परिवार मण्डल, ५ परिवार दास, ७ परिवार मुश्लिम, एक जना साह र एक जना यादव परिवारलाई राहत वितरण गरिएको दलित सरोकार मञ्च नेपालका निर्देशक भोलाकुमार पासवानले बताए ।

भौतिक दुरी कायम गर्दै प्रति परिवार २५ किलो चामल, ३ किलो दाल, २ लिटर तेल, २ किलो नून, २ किलो सोयाविन र ६ पिस साबुन वितरण गरिएको निर्देशक पासवानले जनाए ।

कोशी ब्यारेजमा रहेका उक्त बस्तीका अधिकांश व्यक्ति माछा मारेर जिविका चलाउँदै आएका छन् । कतिपयले दैनिक ज्यालादारी र कृषि मजदुरको रुपमा कार्यरत छन् ।

राहत वितरण कार्यक्रममा वडा अध्यक्ष भिमराज मण्डल, यूवा नेता विरेन्द्र माझी, इलाका प्रहरी कार्यालय भारदहका प्रतिनिधि पत्रकार लगायतको उपस्थिती रहेको थियो । एक वर्ष अघि स्टोरिज अफ नेपालका संसथाक जय पौडेलले मल्लाह समुदायको पुख्र्यौली पेशाबारे फोटोस्टोरी गरेको थियो ।

लकडाउन भएको एक महिनाभन्दा बढी भएपनि स्थानीय सरकारले थोरै राहत सामग्री उपलब्ध गराएकोले अधिकाशको घरमा चुल्हो बल्न छोडेको स्थानीय राजेन्द्र मल्लाहले बताए । उनले भने,‘ जय पौडेल हाम्रो समाचार मात्रै छापेन,दुःखको समयमा समेत सहयोग गरेर हामीलाई ठूलो गुण लगाउनु भयो ।’

वडा अध्यक्ष भिमराज मण्डलले समेत सहयोगीलाई धन्याबाद दिएको छ । वडाअध्यक्ष मण्डलले भने,‘ पहिलो चरणको मात्रै राहत वितरण भएको थियो,धेरै जना पहिलो चरणमा छुटेकाले पनि राहत पाएको छ ।’ म सहयोग् िसंस्थालाई हृदयदेखी धन्यवाद दिन चाहन्छु ।’

यस अघि स्टोरीज आफ नेपालले कञ्चनरुप नगरपालिका–५ पिप्रपूर्वमा ५० घर मुसहर समुदायलाई रातत वितरण गरेको थियो । उक्त बस्तीमा दुई वर्षअघि बाढीको समयमा मञ्चसँग समन्वय गरेर ३५ घर मर्मत गरेको,६ जनाको जस्ता सहितको घर निमार्ण कार्य गरेको थियो ।

त्यस्तै गाउँका २८ जना महिलालाई मुढा बनाउन तालिम र १६ जना किशोरीहरुलाई सिलाई कटाईको तालिम संचालन गर्नुका साथै पूजीका लागि मुढा तालिमपछि सबैलाई ७ हजार र सिलाई कटाई तालिमका लिएकालाई १० हजार सहयोग गरेको थियो । स्टोरीज अफ नेपालका संस्थापक जयदेव पौडेलले कोरोना कोभिड–१९)मा आपत्तको समयमा गरिव विपन्न परिवारलाई सहयोग गर्न पाउदा खुशी लागेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.