जनकपुरधाम, २१ वैशाख । विगत १० दिनमा महोत्तरीको भंगहा र बर्दिबास नगरपालिमामा १२ जनाको मृत्यु भएको विषयमा प्रदेश २ सरकारले स्पष्ट पारेको छ ।

सामाजिक विकास मन्त्रालयले नियमित गर्दै आएको मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले उनीहरूको मृत्यु कोरोना भाइरसबाट नभएर अर्कै कारणले भएको जानकारी दिएका हुन् ।

महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ६ र ७ तथा बर्दिबास नगरपालिका वडा नम्बर १२ का उनीहरूको मृत्यु कोरोना भाइरसका कारण भएको हुन सक्ने आशंका भइरहेकाले प्रदेश सरकारले आइतबार यस विषयमा प्रष्ट पारेको छ ।

मृत्यु भएकामध्ये दुई जनाको स्वाब परीक्षण गरिएको र तिनीहरूमा कोरोना भाइरस नभेटिएको प्रदेश सरकारले जनाएको छ । भंगहा नगरपालिका–७ का ४० र ५७ वर्षका पुरुषको स्वाबको रिपोर्ट निगेटिभ आएको सचिव घिमिरेले जनाएका छन् ।

उनीहरूको विभिन्न कारणले मृत्यु भएको छ । मदिरा सेवन, विषाक्त सेवन, पुरानो रोग, ब्रेम हयामरेजसहित कारणले उनीहरूको मृत्यु भएको पनि प्रदेश सरकारले स्पष्ट पारेको छ ।

तर, केही दिनभित्रै १२ जनाको मृत्युभएकाले त्यस क्षेत्रमा स्वाब संकलन कार्यलाई तीव्रता दिएकोसमेत प्रदेश सरकारले जनाएको छ ।
मिडिया ब्रिफिङको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । https://www.facebook.com/mosdp2nepal/videos/562393908026742/?v=562393908026742&external_log_id=834f656f9aaaa5a6dc8466f0955d1771

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.