महोत्तरीमा ग्याँस वितरण, काला बजारियाहरु सेटिङ्गमा व्यस्त

Gas-mahotry-jaleswarरंजन भण्डारी, जलेश्वर २० माघ । महोत्तरी सदरमुकाम र वरिपरिका केही स्थानमा बुधवार ग्याँस वितरण भएको छ । जलेश्वरमा ६०, मटिहानीमा १६० र ५० त्यस्तै सरपल्लोमा ५० र वहेडामा ६० सिलिण्डर कामाख्या ग्याँस वितरणको लागि ल्याईएको हो ।

यता जलेश्वरस्थित अंशु किराना पसलका प्रबन्धकले आफ्नो ३०० को हाराहारीमा रहेका ग्याँस उपभोक्ताका लागि ६० सिलिण्डर अपुग रहेको बताउँछन् ।

लामो अवधी पश्चात आएको ग्याँस वितरण गर्ने वेला प्रशासनको उपस्थिति नहुनाले समेत ग्याँस वितरण प्रक्रिया पारदर्शी हुन नसक्ने ग्याँस लिन आएपनि रित्तो हात फर्केका उपभोक्ताहरुको गुनासो छ ।

विगत ६ महिनादेखि नेपाली कम्पनीको ग्याँस देख्न नपाएका स्थानीयले थोरै राहत महसुस गरेपनि यति थोरै ग्याँसले हजारौ जनतालाई भने नाम मात्रको खुसी दिन सकेको छ । आएको ग्याँसमा समेत कालोबाजारी गर्नेहरु बिहानैदेखि लागि परेका छन ।

प्राप्त जानकारीअनुसार मटिहानीको लागि भनिएको १६० र ५० सिलिण्डर मध्ये ८० जति सिलिण्डर जलेश्वरमै कामाख्याको डिलर नभएका एकजनालाई दिईएको छ । नारायणीका डिलर रहेका ति व्यवसायीलाई मटिहानीको लागि ल्याईएको कामाख्या ग्याँस किन दिईयो भन्ने खुल्न नसकेपनि कालोबाजारीकै लागि हुनुपर्ने स्थानीयहरु बताउँछन् । यता मटिहानीका ग्याँस व्यवसायी नागेश्वर साहले सवै ग्यास मटिहानीमै आएको ठोकुवा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.