महोत्तरी, २१ वैशाख । महोत्तरीमा पछिल्लो १० दिनमा भंगहा नगरपालिकामा अज्ञात रोगका कारण १२ जनाको मृत्युभएको छ ।

आइतबार थप एक जनाको मृत्यु भएपछि दुई वस्तीमा अज्ञात रोगबाट मृत्यु हुनेको सख्या १२ पुगेको हो । मृत्यु हुनेमा भंगाहा नगरपालिका ७ का ५९ वर्षीय रुपनारायण सिंह दनुवार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

महोत्तरीको बर्दिबास नगरपालिकाको वडा नम्बर १२ र भंगाहा नगरपालिकाको वडा नम्बर ७ जोडिएको यी दुई वस्तीमा विगत १० दिनमा अज्ञात रोगका कारण १२ जनाको मृत्यु भएको हो । मृतक दनुवारको शव परीक्षणका लागि जलेश्वर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

उनीहरूको मृत्यु विषाक्त रक्सी सेवनबाट भएको हुनसक्ने अनुमान गरिएको छ । एकपछि अर्को गर्दै १२ जनाको मृत्यु भइसक्दा पनि मृत्युको यकिन कारण खुल्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.