हुलाकी न्यूजः महोत्तरीमा एक जना कोरोना संक्रमितको अवस्था जटिल देखिएपछि थप उपचारकालािग कोभिड अस्पताल जनकपुर रिफर गरिएको छ ।

गत असार १६ गते राति जलेश्वरस्थित आइशोलेसन कक्षमा बेहोस भएपछि ४५ वर्षीय पुरुषलाई थप उपचारकालागि कोभिड अस्पतालको जनकपुरमा ल्याइएको हो । कोभिड अस्पतालको दोस्रो तहको आइशोलेशन कक्षमा उनको उपचार भइरहेको छ ।

हाल नउको अवस्था समान्य देखिएपनि दुइवटा ‘हाइ रिस्क फ्याक्टर’ देखिएको धनुषाका कोभिड आइशोलेसन संयोजक डा। जामुन प्रसाद सिंहले प्रेस विज्ञप्ती जारी गरी जानकारी दिए ।

उनका अनुसार उनलाई मधुमेहसँगै उच्च रक्तचाप भएपछि थप उपचारकालािग कोभिड अस्पताल जनकपुर ल्याइएको हो । ‘संक्रमण पुष्टि भएका मधुमेह र उच्च रक्तचापका विरामीलाई संसारभरी उच्च जोखिम रहने गरेको पाइएको छ । यस्तो केशमा स्वास्थ्य अवस्था राम्रो हुँदाहुँदै अचानक खराब भइ कुनैबेला अवस्था गम्भीर हुनसक्नेछ ,’ उनले भने ।

कोभिड अस्पताल जनकपुरमा पहिलो तहको आइशोलेसनमा १ सय १ जनाको उपचार भइरहेको डा। सिंहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.