महोत्तरीका पेट्रोल पम्पहरू बन्द

Petrol Pum

हुलाकी न्यूज, महोत्तरी १७ बैशाख । पेट्रोलियम डिलर्स एशोसिएसनले महोत्तरीका सबै पेट्रोल पम्प बन्द गराएको छ । कम परिमाणमा डिजेल तथा पेट्रोल बेच्ने पेट्रोल पम्पका सञ्चालक तथा कर्मचारीलाई पक्राउ गरेको विरोधमा एशोसिएसनले पम्पहरू बन्द गराएको हो ।

दुई दिनअघि सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा दुई वटा पम्पले कम परिमाणमा डिजेल र पेट्रोल बेचिरहेको फेला परेको थियो ।

जलेश्वर–५ स्थित स्थित न्यू विकास आयल स्टोर्स र रामगोपालपुर–७ स्थित महालक्ष्मी आयल स्टोर्सले उपभोक्ता ठगी गरेकाले कारबाही पक्रिया अगाडि बढाएको थापाले बताए । एशोसिएसनले भने गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधि बिना नै अनुगमन गरिएको र पम्प सिल नगरी सञ्चालक तथा कर्मचारीलाई पक्राउ गरिएको आरोप लगाएको छ ।

अनुगमन टोलीले महालक्ष्मी आयल स्टोर्समा पाँच लिटर पेट्रोलमा १ सय ९० मिलिलिटर र पाँच लिटर डिजेलमा १ सय १० मिलिलिटर कम तेल बिक्री गरेको फेला पारेपछि पम्पका सञ्चालक औरही–५ का मुकेश चौधरीलाई नियन्त्रणमा लिएको थियो ।

त्यस्तै, न्यू विकास आयल स्टोर्सले पाँच लिटर डिजेलमा ८० मिलिलिटर र पाँच लिटर पेट्रोलमा १ सय ७५ मिलिलिटर तेल कम गरेर बेचेको पाइएपछि पम्पका कामदार मनोज साहलाई नियन्त्रणमा लिइएको थियो ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.