महन्थ ठाकुर भन्छन् ‘राजपामा विवाद छैन, मिडियाका हल्ला निराधार’

हुलाकी न्यूज, काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संसदीय दलका नेता महन्थ ठाकुरले पार्टीमा कुनै विवाद नभएको बताएका छन्। मिडियामा भएको हल्ला निराधार रहेको ठाकुरले प्रतिक्रिया दिएका छन्।

पार्टीको संयोजक परिवर्तन हुँदा आफूलाई कुनै असन्तुष्टि नभएको बताउँदै ठाकुरले यसलाई नियमित प्रतिक्रिया भनेका छन्।

शुक्रबार पार्टी कार्यालय बबरमहलमा बसेको राजपा अध्यक्ष मण्डलको अनौपचारिक बैठकमा नेता ठाकुरले आफू पार्टी बलियो बनाउने पक्षमा लागेको बताएका थिए।

‘बाहिर हल्ला गरिए जस्तो उहाँमा कुनै असन्तुष्टि छैन। पार्टी एकताका बेला भएको सहमति कार्यन्वयन भएकोमा ठाकुर जीले सन्तुष्टि नै व्यक्त गर्नु भयो।’ बैठकमा सहभागी अध्यक्ष मण्डलका एक सदस्यले भने।

स्वास्थ्यका कारण दौडधुप गर्न नसकिएकोले यस्तो हल्ला भएको ठाकुरको प्रतिक्रिया थियो।

बैठकमा सरकारबाट समर्थन फिर्ता र महाधिवेशनलगायतको विषयमा छलफल गर्ने तयारी भए पनि ठाकुर अस्वस्थ्य भएको कारण बैठकलाई अनौपचारिक रुपमै समापन गरिएको छ।

स्वास्थ्य उपचारका लागि ठाकुर आइतबार दिल्ली जान लागेका हुन्। ठाकुर फर्केपछि राजपा अध्यक्ष मण्डलको औपचारिक बैठक बस्नेछ।

यसैबीच राजपा विद्दार्थी संगठनका अध्यक्ष मनिष मिस्राले लेखेका फेसबुकमा लेखेका छन्

‘मंसिर ४ गते राजपा नेपालको अध्यक्षमंडल को बैठक बाट पार्टीमा संयोजक परिवर्तन भए संगै राष्ट्रीय राजनीतिक वृत देखी पत्रकार क्षेत्रहरूमा नकारात्मक सोचको उपज भएको थियो।बिभिन्न पत्र पत्रिका देखी अनलाईन मीडियाहरूमा राजपा नेपाल को बारेमा कपोकल्पित,भ्रामक समाचारहरू आईरहेको थियो तर आज अध्यक्षमंडलको अनौपचारिक बैठकमा मा.महन्थ ठाकुर स्वयं उपस्थित भई उक्त भ्रामक कुराहरू चिर्दै भन्नुभयो “आफु राजपा बनाउन आएको,पार्टी लाई बलियो एवं मजबुत बनाउने सोच रहेको,अध्यक्षमंडलको संयोजक परिवर्तन प्रक्रिया मात्र रहेको र यसमा मेरो केही आपत्ति नरहेको,धेरै पहिला देखी नै दांतमा पिडा रहेको र दांत दर्दले बोल्न गार्हो भईरहेकोले अहिले चेकअप गराउन जानुपर्नेछ र ईन्डिया फ्लोअपमा जानुपर्ने भएकोले तपाईहरू समयमै महाधिवेशन गराउन र पार्टीका सांगठीन एजेन्डाहरूमा छलफल अगाडी बढाउनुस म आए पछि औपचारिक बैठक राखी पूर्णता दिईनेछ।” यस कुराहरूलाई राजपा नेपाल समर्पित नेता कार्यकर्ताहरूले गंभीरताका साथ बुझी पार्टीका कार्यक्रमहरूलाई आगाडी बढाउनुहोस।’

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.