मलाई भन्थे तपाईको घर इन्डिया हो, मलाई रिस उठ्थ्यो अनि म भन्थे तपाईको घर चाइना हो


अर्कना खातुन, काठमाण्डौ । मधेश र मधेशभित्रकी महिला माथि हुने हरेक विभेद र अत्याचारको लागि आवाज उठाइन् । मधेश मात्र नभइ देश भरि कै महिलाका हरेक समस्यालाई आफ्नो समस्या ठानी रिसर्च गर्दै थुर्पै लेखहरु पनि लेखेकी छिन् । सप्तरी जिल्लाको दक्षिणी भेगको कनकटा भन्ने गाँउमा जन्मेकी रिता साह भन्छिन्, ‘महिला दिवस एउटा चाड पर्वको रुपमा मात्र मनाउनको लागि ठिक छ, त्यस बाहेक यसको कुनै अर्थ छैन् । महिला दिवस मात्र शहरी भेगको लागि ठिक छ किनभने जुन महिलालाई आफ्नो हक र अधिकारको बारेमा जानकारी छैन् उसलाई यो दिवस भएको नभएकोमा कुनै अर्थ नै छैन् ।’ साहसँग गरेको कुराकानीको आधारमा ।

केटीहरु झै सामान्य पकै थिइनन्

केटाहरु झै दौडधुप गर्दै, केटा साथीहरुसंगै खेल्दै, उफ्रिन्दै, पौडी खेल्दै, रुखमाथि चढ्दै गुजरियो ।

शिक्षक राम कृष्ण साह र गृहणी हंशादेवि साहकी दुई छोरा दुई छारी मध्य साह कान्छी छोरी हुन् । गाँउकै सम्पन्न परिवारमा हुर्केकी साह अरु केटीहरु झै सामान्य पकै थिइनन् । उनी भन्छिन्, ‘मलाई केटीले गर्ने कुनै काममा रुची थिएन जस्तै दौरा बुन्ने, सिलाइ बुनाइ वा घरकै काम । मेरो बाल्यकाल केटाहरु झै दौडधुप गर्दै, केटा साथीहरुसंगै खेल्दै, उफ्रिन्दै, पौडी खेल्दै, रुखमाथि चढ्दै गुजरियो ।’

परिवार भन्दा पनि समाजलाई नै मेरो चिन्ता हुन्थ्यो । आमालाई आएर कुरा लाउथे । भन्थे यो यति उफ्रिन्छे पकै यसले हातखुट्टा भाच्छे । पछि विहे गर्न गाह्रो हुन्छ । अरुको कुरा सुनेर पनि आमा बुवाले मलाई गालि गर्दैनथे । हाम्रो गाँउमा छोरीहरुको बिहे चाडै गर्ने प्रचलन थियो । त्यसकारण मेरो दिदीको बिहे चाडै गरिदिनु भएको थियो । दिदी कै बिहे पछिको लाईफ देखेर पुगिसकेकको थियो । त्यसकारण मलाई बिहे गरेर बच्चा जन्माएर बस्नु थिएन् । सानै देखि खुब पढ्न मन थियो ।

स्कूल जीवन

सबले मलाई जिस्क्याउदै भन्थे, उसको बुवा टिचर हो त्यसैले बढी नंम्बर दिएर टप गराउनु हुन्छ । तर म मिहिनेती थिए ।

हाम्रो गाउँको विध्यालयमा ७ कक्षासम्म मात्र पढाई हुँथ्यो । गाँउ मै पढे । गाँउमा छोरी पढाउने चलन थिएन । पढे पनि ५ सम्म मात्र त्यसपछि बिहे गरिदिन्थे । ६ र ७ मा म एक्लै केटी । ३० जना केटाहरु बिच म एक्लै केटी हुन्थे क्लासमा । म सधै क्लासमा टप गर्थे । सबले मलाई जिस्क्याउदै भन्थे, उसको बुवा टिचर हो त्यसैले बढी नंम्बर दिएर टप गराउनु हुन्छ । तर म मिहिनेती थिए । ७ पास गरेपछि अझै पढ्न मन लाग्यो । घरमा मेरो पनि बिहेको कुराहरु हुन थालिसकेको थियो ।

मलाई अझै पढ्नु थियो । अनि रजविराज गएर ८ पढ्न थाले । तर गाँउ जस्तो सजिलो थिएन । गाँउमा नेपाली र अंग्रेजी दुवै मैथलि मै पढाउँथे । अंग्रेजी त गाह्रै थियो नेपाली धरी बुझदिनथे । हिजोलाई पनि भोली भन्थे र भोलीलाई पनि भोली नै भन्थे । किन भने मैथलिमा हिजो र भोलीलाई काइल नै भनिन्थ्यो । आफु भन्दा सानोलाई तपाई, हजुर र ठूलालाई त, तिमी भन्थे । साह्रै गाह्रो थियो मेरो लागि नेपाली बोल्न र बुझ्न । तीन चार सय विद्यार्थीको बिचमा आफुलाई धेरै नै कमजोर फिल गरे । पढाई बिग्रिन थाल्यो । साह्रै नरमाइलो लाग्यो । अनि पढ्न मन लागेन गाँउ फर्के ।

भरतको किरण बेदी र इन्दिरा गाँधीको गेटअपले खुब प्रभावित भए

एक दिन छिमेकीकोमा टिभी हेर्न गएको बेला दूरदर्शनमा भारतको किरण बेदीको इन्टरभ्यु आइरहेको थियो । मलाई उनको केटा जस्तो लुक, बोल्डनेस, हेयर स्टाइल खुब मन पर्यो । हेरेर खुब प्रभावित भए ।

हाम्रो घरमा टिभी थिएन । मलाई टिभी हेर्न खुब रहर लाग्थ्यो । गाँउमा जसको घरमा टिभी थियो उसको घर शनिबार फिल्म हेर्न जान्थे । एक दिन छिमेकीकोमा टिभी हेर्न गएको बेला दूरदर्शनमा भारतको किरण बेदीको इन्टरभ्यु आइरहेको थियो । मलाई उनको केटा जस्तो लुक, बोल्डनेस, हेयर स्टाइल खुब मन पर्यो । हेरेर खुब प्रभावित भए । त्यसलगतै पत्रपत्रिकामा एक दिन इन्दिरा गाँधीको फोटो हेरे । उनीबाट पनि प्रभावित भए ।

अनि ठाने जे होस् मलाई पनि वाहाँहरु जस्तै बन्नु छ । राजविराज पढ्न फर्के । घरमा मेरो बिहेको मात्र कुरा हुन्थ्यो । मलाई जसरी पनि एसएलसी पास गर्नु नै थियो । एसएलसी पछि बिहे हुने नै छ भन्ने दिमागमा आइसकेको थियो । मेरो पढाइ प्रतिको इच्छा देखेर एक जना दाईले शोभा साह भन्ने साथीसंग चिनजान गराइदिनु भयो । उसैले मलाई बिस्तारै नेपाली सिकाइन् । गाँउ जस्तो टप त गरिन तर मिहिनेत गरेर पढे । केटामा कोही पास भएन । म मेरो गाँउबाट एक्लो केटी थिए एसएलसी पास गर्ने । म छक्क भए म पनि पास हुन सक्छु र भनेर । खुब खुसी लाग्यो । अगाडिको कुनै उदेश्य नै थिएन मात्र पढ्न पाए हुनथ्यो लाग्थ्यो ।

नराम्रो लुगामा अलि नराम्रो भएर बिना मेकअप कै उनिहरुको अगाडि जान्थे

पढ्नु छ मलाई त्यो था छ तर के विषय लिएर पढ्ने त्यो था थिएन । साथीहरुको लइलइमा आर्ट्स पढे ।

पढ्नु छ मलाई त्यो था छ तर के विषय लिएर पढ्ने त्यो था थिएन । साथीहरुको लइलइमा आर्ट्स पढे । त्यो बेला सिटिभिटिले अनमी अहेव भन्ने कोर्स खुलाको रहेछ । मलाई नि पढ्न मन लाग्यो । बुवालाई भने म पनि फर्म भर्छु । यदि नाम निस्किए पढ्छु ननिस्किए नपढौला । मेरो नाम आठ नम्बरमा पो निस्किए छ । बुवाले मेरो एडमिसन गराइ दिनु भयो । मैले सोचे नरसिङ पनि पढ्छु र यता आर्ट्सको पनि परिक्षा दिन्छु । टाढा भएकोले मलाई होस्टलमा बस्नु पर्ने थियो । बिहेबाट भाग्न पाउँदा खुसि भए । होस्टलमा बसे त कमसेकम केटाहरुलाई देखाउदैन्न् भनेर ।

तर पनि शनिबार घर गएको बेला मौका छोपेर हरेक शनिबार मलाई देखाउन बुवा आमाले केटाहरु घर बोलाउनु हुन्थ्यो । म चाहि सब भन्दा नराम्रो लुगामा अलि नराम्रो भएर बिना मेकअप कै उनिहरुको अगाडि जान्थे । र जे पाए त्यहि जवाफ दिएर आउँथे । कहिलेकाही त होस्टल बसेकै ठाँउसम्म मलाई हेर्न आउँथे । तर पनि केटाहरु मलाई मन पराउथे । खुब रिस उठ्थ्यो । म नभएको बेला घर गएर मेरो फोटो पनि लग्थे । एक दिन घर गएको बेला केहि नराम्रो फोटो छोडेर भएभरको फोटो लिएर आए । बुवा आमालाई गाँउलेले सुनाउथे ल अब उतै बिहे गर्ने भई । भागेर जाने भइ । सबले ना ना थरि कुरा लाउथे । तर पढेर त मलाई जसरी पनि किरण बेदी, इन्दिरा जस्तै बन्नु थियो ।

लाइफको पहिलो तलब रु ३००० मा जागीर पनि गर्न थाले

फेरी बिहे गराइ दिन्छन् भन्ने डरले घर भन्दा टाढा इटहरीमा रोजे र घरमा भने चिठ्ठा सिस्टम थियो र मलाई त्यो ठाँउमा पर्यो ।

प्लसटु सकिना बितिकै एउटा (on the job training)ओजेटी भन्ने ट्रेनिङ थियो । त्यो ट्रेनिङको लागि हस्पिटल, हेल्थ पोस्टहरुमा जानु पर्थ्यो । घर नजिकै जसलाई जता सजिलो थियो उतै रोज्न मिलथ्यो । फेरी बिहे गराइ दिन्छन् भन्ने डरले घर भन्दा टाढा इटहरीमा रोजे र घरमा भने चिठ्ठा सिस्टम थियो र मलाई त्यो ठाँउमा पर्यो । जागीर गर्ने सपना नजिकिदै थियो । तर मेरो दाई खुब रिसाउनु भयो । एक्लै जानु पर्दैन भन्नुभयो । म पनि जिद्दी थिए गए ।

मलाई त्यो ट्रेनिङ भन्दा पनि जागीर गर्न तिर ध्यान गयो । जागीर खोज्न तिर लागे । ढुवी हस्पिटलमा दुई जना नर्सको लागि भ्याकेन्सि निस्केको थियो । एप्लाई गरे र सेलेक्ट भए । यता ट्रेनिङ उता लाइफको पहिलो तलब रु ३००० मा जागीर पनि गर्न थाले । घरमा नभनि । घरमा चाहि म फर्किन्छु र मेरो बिहे गर्दिने भनेर कुरेर बस्नु भएको रहेछ । दाईले रिसले त्याको डाक्टरलाई फोन गरेर मलाई जागीरबाट निकाल्न भन्नुभएको रहेछ । म दाईसंग रिसाएर बोलिन ।

के को स्ट्राइक था हुन्नथियो तर भाषण दिन खुब मज्जा लाग्थ्यो

त्यो बेला प्लान इन्टरनेश्नलमा सबै भन्दा सानो उमेरको केटी मै थिए । घरमा भने । दाई रिसले चुर हुनुहुन्थ्यो ।

त्या काम गर्दै जाँदा बिभेद भएको थाभयो । काठमाण्डौबाटै आएका दुई जना शिक्षकले अरु मधेशी साथीहरुलाई हेप्नु हुन्थ्यो । मधेशी र पढ्नमा अलि कमजोर भएकोले हेप्थे । मलाई रिस उठ्थ्यो । मलाई चाहि सबैले माया गर्थे किनकी म नर्सिङमा टप गर्थे । म चाही उनिहरु नहेपियोस् भनेर उनीहरुलाई पढाइदिन्थे । तर पढाउन भन्दा बेसी उनीहरुलाई बिद्रोह गर्न सिकाउथे । सहेर बस्नु हुन्दैन् सिकाउथे । कलेजमा कुनै कुराको स्ट्राइक हुँदा म नै भाषण दिन्थे । के को स्ट्रइक था हुन्नथियो तर भाषण दिन खुब मज्जा लाग्थ्यो ।

फेरी त्यसै क्रममा हस्पिटलमा नर्सहरुले कुरा गरेको सुने प्लान इन्टरनेश्नलमा भ्याकेन्सि खुलेको छ भनेर । म र मेरो साथीले एप्लाइ गर्यौ । मलाई लाग्यो म त सियोर नै सेलेक्ट हुन्न । हेर्नमा पनि दुब्लो । मेरो साथी स्मार्ट थिइन उसकै हुन्छ होला । तर उल्टो भयो । मेरै पो चयन भएछ । त्यो बेला प्लान इन्टरनेश्नलमा सबै भन्दा सानो उमेरको केटी मै थिए । घरमा भने । दाई रिसले चुर हुनुहुन्थ्यो । मेरो काममा कुनै बाधा नआओस्, घरसम्म कसैले नचाहिने कुरा नलाओस् भनेर म खुब सोभर सिम्पल भएर हिड्थे । घरमा सबलाई लाग्न थाल्यो पकै यसले अरु जातमा बिहे गरि । मैले आफ्नै जातमा तपाईहरुले रोजेकै केटासंग बिहे गर्छु भन्ने विश्वास दिलाउँथे ।

पढेलेखेको केटी र जागीर गर्ने भनेपछि पकै बिग्रेकै होली भनेर रिजेक्ट गर्न थाले

तर बिहे पछि मेरो पढाइ नरोकिओस् भन्ने माग रखेर मात्र बिहे गरे । भाग्यबस श्रीमान् सपोर्टिभ पाए ।

प्लानमा काम गर्दा पनि थुप्रै केटाहरु हेर्न आउथे । डाक्टर इन्जिनियर र ठूला ठूला खान्दानी केटाहरु । तर पढेलेखेको केटी र जागीर गर्ने भनेपछि पकै बिग्रेकै होली भनेर रिजेक्ट गर्न थाले । त्या काम गर्दा मलाई अनुभुति भयो यति मात्र पढेर नपुग्ने रहेछ । त्यो प्राय सब मास्टर्स गरेका । दुई वर्ष काम गरे अनि छोडे । मलाई अझै माथीसम्म पढ्न मन लाग्यो । दाई काठमाण्डौ जानलाग्नु भएको थियो । र मलाई भन्नु भयो ल हिड काठमाण्डौ त्या त अरु पढ्नु र उतै तेरो बिहे पनि गर्दिन्छु । काठमाण्डौ आए र ताहाचल कलेजमा पढ्न थाले । भरखरै कलेज जोइन गरेको के थिए बिहे गर्दिनुभयो त्यहि बस्ने केटासंग ।

तर बिहे पछि मेरो पढाइ नरोकिओस् भन्ने माग रखेर मात्र बिहे गरे । भाग्यबस श्रीमान् सपोर्टिभ पाए । बिहे गरेर गाँउ गए र एक महिना पछि फर्किना बितिकै कलेज जान थाले । तर कलेज जान पाइन । प्रेगनेन्ट भए । धरै गाह्रो भयो मलाई । कलेज नगएनि घर मै पढे र संगसंगै बच्चा हुर्काउदै ब्याचलर सकाए । सासु र नन्दले धेरै कुरा सुनाउथे । भन्थे छोराको बिहे गरेर पनि के फाइदा बुहारी त सधै पढि मात्र राख्छे । ससुरालीमा मेरो पढाइ र जागीरले श्रीमान बाहेक अरु कोही पनि खुसी थिएनन् । तर मैले कसैलाई केहि नभनि बस मिहिनेत गर्न तिर लागे ।

मलाई भन्थे तपाईको घर इन्डिया हो, मलाई रिस उठ्थ्यो अनि म भन्थे तपाईको घर चाइना हो

एक दिन त अति नै भयो म आफ्नै टोलमा तरकारी किन्दै थिए, अलि कम गर्न मिल्दैन मात्र के भनेको थिए त्योे तरकारीवालाले तपाइको जात नै यस्तै हो भन्यो ।

मास्टर्स टप गर्ने इच्छा । तर फेरी प्रेगनेन्ट भए । कान्छो छोरालाई जन्म दिए । इमेच्योर नै अपरेसन गरेर जन्माए । हस्पिटलमै थिए । मास्टर्सको इन्ट्र्यान्सको लागि खुलेको थियो । छोरालाई हस्पिटलमा श्रीमानले हेर्नु भयो म चाही त्यहि हालतमा हस्पिटलबाटै ट्याक्सी लिएर इन्ट्र्यान्सको परिक्षा दिन गए ।

धेरै गाह्रो भयो म त्यो बेला आफुलाई एकदमै कमजोर महसुस गरे । तर पनि हार मानिन । ममीलाई बोलाए । बच्चा हेर्दै पढ्दै मास्टर्स पनि सकाए । फेरी जागीर गर्न मन लाग्यो । सबैले भने लोकसेवाको परिक्षा देउ । मैले लोकसेवाको कक्षा लिए । नाम निस्केन । तर लोकसेवाको क्लास गर्दा राजधानी भित्र मैले धेरै विभेदित कुराहरु देखे र महसुस गरे जुन मेरो लागि असहनिय थियो । क्लास भित्रै पनि शिक्षकबाट विभेद देखेर ति छक्क पर्थे । मधेशीलाई हेला गरेको देख्दा शिक्षकसंगै बाझ्न थाल्थे । त्यहि दौरान त्यस्ता अरु घटनाहरु दोहोरिए ।

कलेज पढ्दा केहि साथीहरुले मलाई भन्थे तपाईको घर इन्डिया हो, मलाई रिस उठ्थ्यो अनि म भन्थे तपाईको घर चाइना हो । यस्ता विभेद राजधानीको गली गलीमा देख्थे । कहिले बाटोमा कहिले पसलमा सबैतिर नै । एक दिन त अति नै भयो म आफ्नै टोलमा तरकारी किन्दै थिए, अलि कम गर्न मिल्दैन मात्र के भनेको थिए त्योे तरकारीवालाले तपाइको जात नै यस्तै हो भन्यो । तरकारीवाला यतैको थियो । कस्तो दिन मैले देख्नु परेको उफ । तरकारीवालाले पनि म जस्तो मास्टर्स पढेकोलाई कति सजिलै हेप्न सकेको लाग्यो । त्यो घटनाले मलाई १० दिन सम्म नै बिचलित बनायो । अखिर किन यहाँ काठमाण्डौमा मान्छेलाई हेप्छ ।

लोकसेवामा भोगेको विभेदले गर्दा क्लास लिन छोडेर रिसर्च गर्न तिर लागे

केहि उदाहरण दिँदा पनि मधेशी विद्यार्थीलाई विभेद गर्दै उदाहरण पनि हेपाइवाला नै हुने गर्थ्यो । मलाई रिस उठ्थ्यो अनि शिक्षकसंगै प्रतिप्रश्न गर्थे ।

त्यो हेपाइ खेप्न नसकेर काठमाण्डौको विभेद र भोगाइलाई समेटेर एउटा लेख लेखे र श्रीमानलाई सुनाए । उनले भन्नुभो गजब राम्रो लेखे छौ । यो कान्तिपुरमा छाप्नु पर्छ र छापियो पनि । थुर्पैले मन पराए । कसले लेखेको भनेर रिता साह को हुन भनि मेरो खोजि गर्न थाले । सोचेकै थिइन त्यति राम्रो प्रतिक्रिया आउँला भनेर । रिसर्च गर्दा केहि कमजोरीहरु थाभयो । कमजोरी के रैछ बुझ्दा पहिले त भाषा नै रहेछ अनि त्यस पछि अन्य थिए ।

लोकसेवा पढाउँदा पनि यदी मधेशका विद्यार्थी छ भने शिक्षकको मनोविज्ञान नै हुन्थ्यो हेपेरै पढाउँने । केहि उदाहरण दिँदा पनि मधेशी विद्यार्थीलाई विभेद गर्दै उदाहरण पनि हेपाइवाला नै हुने गर्थ्यो । मलाई रिस उठ्थ्यो अनि शिक्षकसंगै प्रतिप्रश्न गर्थे । एक दिन विचार गरे यसरी बाझेर हुन्न र मलाई १० देखि ४ को निजामती कर्मचारी बन्ने रहर पनि हराइसकेको थियो । अनि मधेशका विषयहरुमा रिसर्च गर्दै लेख्न थाले । सबैले मेरो लेख धेरै मन पराउँन थाले । मलाई खुसी लाग्छ मैले रोजेको काममा । जे होस् धेरै सन्तुष्टि छु । लेखाइमा जुन स्वतन्त्र छ त्यो अरु केहिमा पनि छैन् ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.