मलखाद व्यवसायी आन्दोलित, कालाबजारी आरोपमा तीन पक्राउ

हुलाकी न्युज, सिरहा । प्रहरीले मलखाद्यको कारोबार गर्ने व्यवासायीलाई पक्राउ गरी मुद्दा चलाएको भन्दै मलखाद्य (एग्रोभेट) व्यवसायीहरु आन्दोलित भएका छन् ।

प्रहरी साउन २२ गते डिएपी मल तोकिएको भन्दा वढी मूल्यमा विक्रि गरेको भन्दै सिरहा नगरपालिका ७ रहेको लक्ष्मी खाद्य भण्डारका संचालक मुकेश गुप्तालाई पक्राउ गरी मुद्दा दर्ता गरकोको छ । २ हजार ३ सय मूल्यमा बेच्नुपर्ने डिएपी खाद्य २ हजार ५ सयमा विक्रि गरेको भन्दै प्रहरीले संचालक गुप्तालाई पक्राउ गरेको जनाएको छ ।

यस्तै प्रहरीले लहान बजारमा रहेको भगवती एग्रोभेटका संचालक अजितराज गुप्ता र पसलमा कामगर्ने सूर्यनारायण चौधरीलाई पक्राउ गरी कालाबजारी गरेको अभियोगमा मुद्दा चलाएको प्रहरी नायव उपरीक्षक माधव खरेलले बताएका छन् ।
यसैको विरुद्ध व्यापारीहरुले पसल ठप्प पारेर आन्दोलन सुरु गरेका छन् । जिल्ला सहकारी संघ, वीउ व्यवसायी संघ, विषादी व्यवसायी संघ, कृषि सहकारी संघ र कृषि समूह महासंघले विरोधमा उत्रेका छन् ।

उनीहरुले आवद्ध व्यवसायीहरुले जिल्लाभरीका एग्रोभेट पसल बन्द गरेका छन् ।
पक्राउ परेकालाई विना शर्त रिहाई, ठाउँ र दुरी अनुसार मूल्य निर्धारण र कृषि सामग्री संस्थान÷साल्ट टे«डिङले ल्याउने गरेको मलखाद्यको विवरण सार्वजनिक गर्नुपर्ने माग गरेको छन् ।
व्यापारीहरुले आफ्ना माग सहित प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितलाई ज्ञापन पत्र बुझाएका छन् ।
माग सम्बोधन नभए जिल्लाभरीका सहकारी र एग्रोभेट अनिश्चितकालका लागि ठप्प पार्ने विषादी व्यवसायी संघका केन्द्रिय सदस्य मिथिलेश यादवले बताए ।

रोप्नी सकिएको १५ दिन भित्र धानबालीमा डिएपी खाद्य दिनुपर्ने हुन्छ तर एग्रोभेट व्यापारीको आन्दोलन लम्बिएमा मलखाद्यको अभावमा धान उत्पादन नै प्रभावित हुन्छ ।
जिल्लाभरीमा १ सय १० सहकारी र १ सय एग्रोभेटले मलद्याद बेच्दै आएका छन् ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.