हुलाकी न्यूज, कलैया : प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले कोरोना विरुद्ध लड्न स्वास्थ्य सामाग्री वितरण गरेका छन्।

शनिबार बारा जिल्लाको परवानिपुर ३ मा एक समारोहका बिच सामाग्रीहरु वितरण गरिएको हो।

बारा जिल्लाको ५ वटा स्थानीय निकायका एम्बुलेन्स चालकलाई गाउन, चस्मा, हेलमेट, ग्लब, मास्क, जुता, सेनिटाइजरलगायतको स्वास्थ्य सामाग्री प्रदान गरिएको हो।

साथै प्रसौनी स्वास्थ्य चौकीलाई पिपिई र परवानिपुर स्वास्थ्य चौकीलाई थर्मल गन प्रदान गरिएको हो।

मन्त्री सोनलले कोरोना विरुद्धको संघर्षमा व्यक्तिगत रुपमा र प्रदेश सरकारको तर्फबाट भरपुर सहयोग गर्ने बताए।

समारोहमा बारा क्षेत्र नम्बर ४ का सांसद एकबाल मिया, प्रसौनी गापाका अध्यक्ष भोला गुप्ता, परवानिपुर गापा अध्यक्ष हरिनारायण साहलगायतको सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.