हुलाकी न्यूज, जनकपुरधाम :
प्रदेश २ सरकारका भौतिक योजना मन्त्री जितेन्द्र सोनलको प्रस्तावमा प्रदेश २ सरकारले चट्याङबाट मृत्यु भएकाहरुको परिवारलाई राहत उपलब्ध गराउने भएको छ।

बारामा चट्याङ लागेर मृत्यु भएका पीडितहरुको परिवारका लागि प्रदेश सरकारले जनही १ लाख उपलब्ध गराउने भएको हो। मन्त्री सोनलले प्रदेश सरकारमार्फत चट्याङ् लागेर मृत्यु भएका व्यक्तिहरुको परिवारलाई १ लाख राहत उपलब्ध गराइने छ।

बिहीबार बिहान आएको हावाहुरीसँगै बारामा चट्याङ् लागेर ४ महिलाको मृत्यु भएको छ। धान रोपाइँ गरिरहेका चारै महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

चट्याङ लागेर मृत्यु हुनेमा शीतलपुरस्थित खेतमा रोपाइँ गरिरहेकी ३५ वर्षीया आशादेवी महतो, ४५ वर्षीया हलिमा खातुन छिन्। यस्तै फेटा गाँउमा एउटा घरमा चटाङ लग्दा एकै घरका ३० वर्षीया ईन्दु देवी महतो र ४० वर्षीया सुनारपति देवी महतोको मृत्यु भएको हो।

चटाङ लागेर घाइते भएका फेँटाका ५ जनालाई कलैया अस्पताल लगिएको छ। प्रदेश सरकारले घाइतेहरुको सबै उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने विषयसमेत उठाइएको मन्त्री सोनलका स्वकीय सचिव रमेश सर्राफले जनाए।

फाइल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.