‘मध्य मधेश’ नामाकंनका लागि महन्थ ठाकुर पनि पहल गर्दै


हुलाकी न्यूज, जनकपुरधाम ।
प्रदेश २ को नामाकंनका विषयमा चर्चा चलिरहँदा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले पनि चासों व्यक्त गरेका छन् ।

ठाकुरले पूर्व र पश्चिमको मधेशीलाई पनि मधेशप्रतिको भावनामा ठेस नपुग्ने गरी प्रदेश २ को नाम मध्य मधेश राख्दा उपयुक्त हुने बताएका छन् ।

ठाकुरले प्रदेश २ का प्रदेश सभा सदस्यहरुसँग कुराकानी गर्दै मध्य मधेश नाम राखे उपयुक्त हुने बताएका छन् ।

यसअघि पनि ठाकुरले तराई मधेश राष्ट्रिय परिषद्का सदस्यहरुको ज्ञापनपत्र बुझ्दै प्रदेश २ को नाम मध्य मधेश राख्नमा सहमति जनाएका थिए ।

ठाकुरले प्रदेश २ को नाम मध्य मधेश होस् भनेर आफुले प्रदेश सभा सदस्यहरुसँग छलफल गर्ने टिएमएनसीका सदस्यहरुसँग प्रतिपद्धतासमेत व्यक्त गरेका थिए ।

टिएमएनसीका सदस्य सरोज रायले हुलाकी न्यूजलाई दिएको जानकारी अनुसार राजपाका संयोजक ठाकुरसहित राजपाका अन्य नेताहरु र फोरमका शीर्ष नेताहरु पनि मध्य मधेश प्रति सकारात्मक रहेका छन् ।

टिएमएनसीले प्रदेश २ को नामाकांन मध्य मधेश हुनु पर्ने भन्दै शीर्ष नेतृत्वलाई ज्ञापनपत्र बुझाउँदै आएको छ ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.